धनगढी, बैशाख २द्ध ÷ नेकपा एमालेले सञ्चालन गरेको मिशन ग्रास रुट कार्यक्रम सकिए संगै स्थानीय निकाय,संघ र प्रदेश सभा निर्वाचनमा पार्टीले भोग्नु परेका पराजयका कारणका बारेमा छलफल कार्यलाई निरन्तर अघि बढाई रहेको छ ।
एमाले कैलालीले मिशन ग्रास ट कार्यक्रम सकिए लगत्ते स्थानीय निकायका निर्वाचित जनप्रतिनीधिहरुसंग पनि छलफल चलाएको छ ।
नेकपा एमाले स्थानीय तह बिभाग कैलालीले शनिवार कैलाली जिल्ला भरीका निर्वाचित जनप्रतिनीधि र पार्टीका गाउँ कमिटीका अध्यक्षहरुका बिचमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज एवं पूर्व मन्त्री नारदमुनी रानाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई चुनावी प्रतिबद्धताअनुसार काम गर्न निर्देशन दिएका छन् । रानाले चुनावका बेला जनतासँग गरेका प्रतिबद्धतालाई
स्मरण गर्दै सोहीअनुसार जनपक्षीय काम गर्न निर्देशन दिएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका रानाले जनताको भावनाअनुसार काम गर्न निर्देशन दिएका हुन् । ‘तपाईहरु चुनावका बेला स्वयंमले जारी गरेका प्रतिबद्धता पल्टाएर पढ्नुस् । आफूले गरिरहेका कामको समिक्षा गर्नुस्,’ रानाले भने, ‘जनतासँग गरेका वाचाअनुसार काम भएको छैन भने त्यहीअनुसार गर्नुस् ।’
उनले एमालेबाटै प्रतिनिधित्व गर्ने जनप्रतिनिधि भएकै कारण कुनै जनप्रतिनिधिले जनपक्षीय काम गर्न अवरोध सिर्जना गरेमा समस्या लिएर जनतासामू लैजान पनि आग्रह गरेका छन् । जनप्रतिनिधिको काँधमा जनता, पार्टी र नेता कार्यकर्तालाई विश्वासमा लिएर काम गर्नुपर्ने चुनौती भएको पनि रानाको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले नेकपा एमाले पार्टीका जनप्रतिनिीधले समाजमा उदाहरणीय कार्य गर्न र पार्टीले लिएका बिचारलाई जतामा स्थापित गर्न सकेको खण्डमा एमाले जनामा झनै बलियो भएर जाने बताउनु भएको छ ।
नेकपा एमाले पार्टीले विगतमा गरेका जनपक्षिय कामकै कारण आज जनतामा स्थापित भएको उल्लेख गर्दै सचिव पाठकले भने— सबै स्थानीय तह,संघ र प्रदेशका जनप्रतिनीधिले जनताको भावना,आवश्यकता र समय परिस्थीतिलाई मध्यनजर गर्दै अगाडी बढ्नु पर्ने समेत बताएका छन् । अभिमुखीकरण कार्यक्रममा स्थानीय तह विभाग प्रमुख आनन्द भट्टले अगामी जेठ १५ गतेभित्र वडा स्तरीय संयन्त्र बनाएर पेश गर्न निर्देशन समेत दिएका छन् ।
अभिमुखीकरण कार्यक्रममा कैलालीमा निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकबपा एमाले केन्द्रिय सल्लहाकार परिषदका सदस्य डिल्लीराज भटट् ,प्रदेश कमटिीका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया