विराटनगर,२४ वैशाख । नेकपा (एकीकृत) समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारवाही गर्न खुट्टा कमाउनु हुँदैन बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संञ्चारकर्मीहरुसंँग संक्षिप्त कुराकानी गर्दै उहाँले यसमा सहभागी सानाठूला सबैलाई कारवाही गर्नुपर्नेमा जोड दिनु भयो ।
पूर्वप्रधानमन्त्री नेपालले भन्नु भयो ‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दवावका कुनै हालतमा झुक्नु हुदैन ’ ।
उहाँले बदमाशी गर्ने जो सुकै भएपनि तिनीहरुलाई कानूनको दायरामा ल्याएको सजायको भागिदार बनाउनु पर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया