विराटनगर,१८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मजदुरको हक अधिकार दिलाउन प्रतिवद्ध रहेको बताउनु भएको छ ।
नेपाल ट्रेड यूनियन महासङ्घ(जिफन्ट) प्रदेश समितिद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय श्रमिक (मे) दिवसको अवसरमा उहाँले मजदूरको हक हितका लागि प्रदेश सरकारको उद्योग मन्त्रालय सहित १३७ पालिकामा अन्तर्गत श्रमिक डेक्स स्थापनाको काकून निर्माण गरी उनीहरुको अधिकार सुरक्षित राख्ने व्यवस्था गर्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश अन्तर्गतका सबै ठूला तथा साना उद्योगहरुमा मजदूरहरुका समस्या समाधानका लागि एक अनुगमन समूह बनाई समाधानका लागि आगामि बर्षदेखि कार्य गर्ने जानकारी दिनु भयो ।
उहाँले योगदानमा आधारत सामाजिक सुरक्षा कोषको व्यवस्थित रुपमा लागु गर्न, श्रमिक हकहितको कानून निर्माण गर्न सङ्घीय सरकारसँग आवश्यक पहल गर्ने विचार व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले मजदूरहरुको अधिकार रक्षा र उनीहरुको संरक्षणका लागि प्रतिवद्धता व्यक्त्त गर्दै उनीहरुका समस्या समाधान गर्न यूनियनको नेतृत्व समूहसँग आवश्यक सुझाव लिई आगामी वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्ने बताउनु भयो ।
जिफन्टका कोशी अध्यक्ष किशोर धमला, उद्योग संगठनका प्रदिप मुरारका , मोरङ व्यापार सङ्घका उपाध्यक्ष अनिल सारडा, पेशागत महासङ्घका ओम सुवेदी , उद्योग कलाकारखाना केन्द्रीय उपाध्यक्ष मनोज मगर र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले योगदानमा आधारित सुरक्षा कोष स्थापनामा फन्टको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
प्रतिक्रिया