नेपालको आर्थिक रुपान्तरण भएमा अध्ययनका लागि विदेश जाने कार्य बन्द हुने

इनेप्लिज २०८० वैशाख १६ गते १५:२७ मा प्रकाशित

विराटनगर,१६ वैशाख । नेपालको आर्थिक रुपान्तरण भएमा मात्र विद्यार्थीहरु विदेशमा अध्ययनमा जान बन्द हुने सहभागीहरुले बताउनु भएको छ।

उनीहरुले विद्यार्थीहरुलाई स्वदेशमा अध्ययनको लागि आकर्षण कायम गर्न विश्वस्तरको पाठ्यक्रमको विश्वविद्यालयहरुले पठनपाठ्नको व्यवस्था गर्नुपर्ने आवश्यक्त्ता औल्याएका छन् ।

अल्फाविटा विराटनगरद्वारा आज यहाँ आयोजित ‘विश्वव्यापी शिक्षाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव’ विषयक छलफलमा उहाँहरुले धेरै विश्वविद्यालय स्थापनाबाट होइन गुणस्तरीय शिक्षावाट १२ कक्षा उत्र्तीण गरेपछि अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई रोक्न सक्षम हुने विचार राखेका छन् ।

लिड नेपालका प्रमुख एवं पूर्व बैंकर अनिलकेशरी शाहले कृषि,पर्यटन, उर्जा, सेवा व्यवसाय र पराम्परागत हस्तकला निर्यातबाट मुलुकलाई समृद्धि बनाएर मात्र विद्यार्थीहरुको विदेश अध्ययनको क्रमलाई निश्तेज बनाउन सकिने बताउनु भयो ।

उहाँले विद्यालय, परिवार र समाजवाट सिकेको ज्ञानलाई व्यवहारीक प्रयोग गरेर विद्यार्थी र मुलुकलाई आर्थिक रुपान्तरण गर्न सकिने धारणा राख्नु भयो ।

किङ्गस कलेज काठमाडौका सस्थापक अध्यक्ष डा धर्मराज काफ्ले , डा भेषराज धमला र अल्फाविटा विराटनगरका प्रमुख टिका ढकालले विद्यार्थीहरुको अध्ययन गर्ने विषयवस्तुका वारेमा विश्वविद्यालय सम्वेदनशिल भएमा मात्र विदेश जाने प्रथालाई रोक्न सकिने विचार राख्नु भयोे ।

प्रतिक्रिया