प्रदेश सरकार दिगो विकास लक्ष्य प्राप्तीका अघि वढीरहेको –मुख्यमन्त्री कार्की

इनेप्लिज २०८० वैशाख १५ गते २२:३५ मा प्रकाशित

विराटनगर,१५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल सरकारको दिगो विकास लक्ष्य प्राप्तिमा आवश्यक साथका लागि योजना र नीति कार्यक्रम ल्याउने बताउनु भयो ।

प्रदेश योजना आयोग र दिगो विकास तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कन सम्बिन्धी अन्तरक्रिया कार्यक्रममा उहाले सन् २०३० सम्म प्राप्त गर्ने दिगो विकास लक्ष्य प्राप्त गर्ने सम्बन्धमा समग्र छलफल गरी वार्षिक निति तथा वजेट सम्वन्धित कार्यक्रम तथा सोहि अनुसार कानुन निर्माण गरेर अघि वढी रहेको प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री कार्कीले हामीले दिगो विकासको लक्ष्य प्राप्त भएपछि विकासन्मुख र विकसित मुलुकमा प्रवेश गर्ने र्छौ र यो हाम्रो लागि ठूलो अवसरमा हो भन्दै हामीले प्राप्त गर्दै आएका सुविधा एवं अधिकारहरु कटौती हुने भएकोले यस प्रकारको चुनौतिलाई सामाना गर्न अहिलेदेखि तयारी हुनुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

उहाँले सयुक्त राष्ट्रका सङ्घको सदस्य राष्टको हैसियतले नेपाल सरकारले लिएको दिगो विकास हाशिल गर्ने प्रतिवद्धतालाई प्रदेश सरकार निर्वाह गर्नु पर्ने भूमिका एवं दायित्वप्रति सक्षम रहेको प्रष्ट पार्नु भयो ।

मुख्यमन्त्री कार्कीले आर्थिक वृद्धि ,शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर, सुशासन ,खानेपानी, खाद्य सामाजिक सुरक्षा, विकास पुर्वाधार तथा गरिवी निवारण जस्ता विषयलाई प्राथमिता दिएर योजनाहरु कार्यान्वयन गरिरहेको वताउनुभयो ।

सङ्घीय सांसद दिगो विकास सुझाव समिति सभापति प्रकास पन्तले सन २०३० सम्ममा नेपालमा दिगो विकास हाशिलगर्ने लक्ष्य सरकारको रहेकाले त्यो लक्ष्य पुरागर्न प्रदेश र स्थानिय सरकारको भुमिका महत्वपुर्ण हुने विचार व्यक्त्त गर्नु भयो ।

सङ्घीय सांसद सचिवालयका सचिव डा रोजनाथ पाण्डेले सन् २०३० सम्म नेपाल सरकारले दिगो विकास लक्ष्य प्राप्त गर्न प्राप्त भएका भएका सुझाव कार्यान्वयन गर्ने बताउनु भयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव इश्वरकुमार गिरीले प्रदेश सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेको कार्यको विवरण प्रस्तुत गर्नु भयो ।

प्रतिक्रिया