पेचिलो उपनिर्वाचन जन अपेक्षा

दीपक पन्त मिल्वाकी २०८० वैशाख ९ गते २:४९ मा प्रकाशित

केन्द्र सरकारको प्रतिनिधि सभा सदस्यका लागि गत मंसिरमा निर्वाचन सम्पन्न भएको थियो । तनहुँको क्षेत्र नम्बर १ , चितवन क्षेत्र नं २,र सिरहा क्षेत्र नं २ बाट निर्वाचित भएका प्रतिनिधि सभा सदस्यहरुको पद बिबिध कारणले रिक्त हुन् गएको हुँदा सम्बन्धित निर्वाचन क्षेत्रमा यही बैशाख १० गते पुन : उप निर्वाचन हुँदैछ ।

उपनिर्वाचन हुने उक्त तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको गराएको हो ।

नेपाली राजनीतिको इतिहाँस लाइ निहाल्ने हो भने समय समयमा उप निर्वाचन हरू हुँदै आएका छन् । तर यो २०८०सालको पुर्व सन्ध्यामा हुन लागेको यो उप निर्वाचनमा लाइ स्वदेशमा बस्ने नेपाली जनता मात्र नभएर बिश्व भर छरिएर रहेका आम नेपाली जनताले अर्थ पूर्ण तरिकाले निहाली रहेका छन । त्यसैले यो निर्वाचन परिबर्तनको कोशेढुंगा हुने होवा ? यथास्थितिबाद कै निरन्तरता हुने हो ? ब्यग्र प्रतीक्षाको बिषय बनेको छ ।

यो निर्वाचनमा राजनीति दाउपेचमा सौदाबाजी गर्दै बनेको गठबन्धन एक घटक (जस भित्र नेपाली काँग्रेस माओबादि , जसपा आदि अटाएका छन् ।)अर्को तर्फ आफ्नै भाइहरुबाट घेरिएको नेकपा एमाले र नयाँ शक्तिका साथ उदाएको रास्ट्रिय स्वतन्त्र पार्टी बीच घमासान चुनाबी प्रतिस्पर्धा हुने देखिएको छ ।

यस परिस्थितिमा काँ ? कस्तो ? के नतिजा आउला त ? प्रश्न अनि जिज्ञासा हुनु राजनीति बुझ्ने जो कसैको, चासोको बिषय हुनु स्वाभाभिक हो ।

अब चर्चा गरौँ तनहुँ क्षेत्र नं १ बाट

यस क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसका गोविन्द भट्टराई चुनाबी मैदानमा छन् । त्यस्तै नेकपा एमालेले पुर्वआइजी सर्बेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । अर्का प्रतिस्पर्धीका रुपमा रास्ट्रिय स्वतन्त्रपार्टीले डा स्वर्णिम वाग्ले लाइ उतारेको छ ।

यसरी हेर्दा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । तर निर्वाचनको बिगतको परिणाम हेर्ने हो भने गोबिन्द भट्टराइको भार बढी हुन आउछ । तर पछिल्लो निर्वाचन प्रचार अभियानमा देखिएका नयाँ परिदृश्यले स्वर्णिमको पल्ला भारी हुन सक्नेआँकलन पनि काटिएको छ । त्यसोत तनहुँमा नेकपा एमालेको जनधार पनि त्यति कमजोर छैन । नव उदयमान पार्टी रास्वापाले प्राप्त गर्ने मतको ठुलो अंश गैह्र बाम पार्टीकै हुने भएकाले पनि एमालेलाई लाभ नहोला भन्न सकिन्न ।

काँग्रेसीले आफ्नै विरासतमा भएको भोटको रक्षा गर्न सके भट्टराइले ३ देखि ५ हजारको मतान्तरले निर्वाचन जित्नेपक्का थियो ।

तर अन्तरास्ट्रिय रुपमा नै एक अर्थ बिज्ञका रुपमा पहिचान बनाइ सकेका बाग्ले प्रतिस्पर्धी हुदैमा कांग्रेसी हरूले जुन मनोबल घटायर व्यक्ति बिरोधमा उल्झीय । त्यसले दुर दराजमा वाग्लेको लोक प्रियता व्ह्वत्तै बढ्यो ।चाहे त्यो मिलुङ्ग्को डाडामा हलो जोत्ने किसान होस् या बन्दीपुर सुकौरामा बस्ने ग्रामिण किसान ! चाहे त्यो डुम्रे भन्सारमा बस्नेचिया पसले हो या मानेचौकामा बस्ने किराना पसले ! सबै कुरा नचिनेको / नजानेको कांग्रेस होस् वा अन्य पार्टीका आमसर्ब साधारण जनता । व्यक्ति बिरोधको चर्का चर्का भाषण गरी कांग्रेस महामन्त्री द्वय गगन र बिस्वले नै वाग्लेलाईचिनाई दिएर मुख्य प्रतिस्पर्धीको रुपमा अगाडी ल्याए ।

स्वार्थ केन्द्रबाट बनेको गठबन्धनको दल दलबाट मुक्त भइ कांग्रेसले आफ्नै बिरासत राम्ररी घर / दैलो गर्दा निर्वाचनआफ्नै पोल्टामा पर्न सक्ने भरपुर अवस्था थियो । यस्तो अबस्थामा कांग्रेसीको जोड घटाउको हिसाब न्यायोचिततबरले भएन कि भन्ने शंका पैदा भएको छ । किनकी गोबिन्द भट्टराई स्थानीय व्यक्तित्व लामो समय कांग्रेस संगकोलेगेसी र मृदुभाषी सालिन , निस्कलंक नेता हुन् । भलै तनहुँमा जोशी कांग्रेस नेपाली कांग्रेसको लागि बाघी जस्तोदेखिए पनि गोबिन्द भट्टराईका बिरुद्दमा खुलेर विपक्ष कित्तामा जान सकस पर्ने अबस्था थियो । जोशी र पौडेलकाबिचमा प्रतिस्पर्धा हुँदा जोशीका पक्षमा खुलेर लागेका कार्यकर्ता पनि स्थानीय नेता भट्टराइको विपक्षीमा उभिन गार्हैहुन्थ्यो । तर देश विदेश बाट सामाजिक संजालमा देखिएको घंटिको प्रभाब तथा कांग्रेसको सस्तो प्रचार बाजिलेपरिमाण कता जाने हो भन्न सकिने अबस्था रहेन ।

लामो समय नेपाल पुलिसमा कार्य गरि संगठन प्रमुखको समेत जिम्मेबारी लिएका बर्तमानमा एमालेका नेता सर्बेन्द्रखनाल आफैँमा त्यति जिल्लामा भिजेका नेता होइनन् । सुरक्षा प्रमुख हुँदा उनको व्यवशायिक सफलतामा पहिचान बनेपनि राजनीतिमा उनि अन् टेस्ट खेलाडी नै हुन् । पछिल्लो समय समग्र देसमा नै सबै दलको धेरा बन्दीमा परेको नेकपाएमालेलाई तनहुँबाट जित निकाल्न त्यति सजिलो भने पक्कै छैन् ।

तर दुइ गैह्र बाम शक्ति हरुको लडाइमा एमालेको कोर संगठानात्मक शक्ति लाइ कमजोर आक्नु महाभूल हुनेछ ।त्यसमा पनि जोशी समुहको भोट कुन लेगेसिमा जान्छ ? अझै प्रस्ट भइ सकेको छैन ?

दुइ गैह्र बाम उम्मेदवार बीच मत बाँडीदा झिनो मतान्तरन्ले ५०० देखी १००० बीच बाट खनालको पल्ला भारी हुन् पनिसक्छ । तर यो सम्भावना तेस्रो बिकल्प मात्र हो ।

जन लहर र सोसल मिडिया परिबर्तनका पक्षमा युवाहरुको जनमत उर्लियो भने त्याहाँ कुनै बिरासतले काम गर्ने छैन ।हजुर बा घरको घुरिमा रुख वा सुर्यको ध्वजा हल्लाई रहेको हुन्छन् । नातिका पुस्ता सबै घन्टी बोकेर दौडी रहेकाहुन्छन् । यस्तो अबस्थामा बाग्लेले झन्डै १००००० (दश हजार)मतान्तरंले निर्वाचन जित्नेछन् । यो बेलामा रुख /सुर्य /हँसिया लगायत सबै पार्टीको भोट घन्टीमा जानेछ ।

अन्यथा दलीय पद्द्ती अनुसार भोट प्याटर्न गएमा वाग्ले हल्लामा मात्र सिमित भइ तेस्रो हुनेछन् ।

यस्तो अबस्थामा कांग्रेसका भट्टराइले ४ देखि ६ हजारको मतान्तरले निर्वाचन जित्नेछन् ।

यसरी हेर्दा वाग्ले कि प्रथम हुने ,कि तृतीय हुने अबस्था देखिन्छ ।

खनालको लागि वाग्ले कांग्रेसकै हाराहारीमा मत प्राप्त गरेको अबस्थामा मात्र झिनो मतान्तरंले जित्न सक्ने अवस्था छ ।यो सभावना निकै कम छ , किनकि कि वाग्लेको हुरी कि मज्जाले आँधी बेहरि लिएर आउँछ | कि पौषको बतासमा मात्र सिमित हुनेछ । यदि साच्ची नै आँधी हुरी आएमा , त्यो अबस्थामा भट्टराइ र खनाल धेरै पछि छोडिन्छन् । अन्यथाघन्टीको भोट सामान्य बतासमा मात्र सिमित हुनेछ । त्यो बेला भट्टराइको पल्ला भारि हुनेछ ।

चितवनको निर्वाचनमा भने उदाउदो रविलाई रोक्न सक्ने अबस्था देखिदैन । दलिय सेण्टिगेट्ले बदलिने जन चाहना मायु टर्न गर्न यो पटक सम्भब छैन किनकी रविको बास्तबिक टेस्ट अझै भएको छैन् भन्ने बुझाइ आम जनमानसको छ ।

बाराको हकमा पनि उपेन्द्रको जित्ने सभावना कम देखिन्छ । घंटिको हुरी कत्तिको बज्छ त्यसैमा खरेलको जित निर्भर रहन्छ । अन्यथा जनमत पार्टीको कुसवाहले सजिलै जित हात पार्ने देखिन्छ ।

अन्तमा : अंकका हिसाबले ससदीय जोड घटाउमा ३ जना संसद्को थप घठले त्यति ठुलो प्रभाब नपर्ने भए पनि पुरानाराजनैतिक दलको बिरासत स्खलनमा यो निर्वाचन कठोर साबित हुनेछ । यदि सामाजिक संजाल को सुचना अनुसार रयुवाहरुको परिबर्तनको नारा साक्षात् भएमा यो उप निर्वाचन एउटा आगोको झिल्को हुनेछ । जसले आगामी ससदीयनिर्वाचनमा मुख्य ठुला भनिएका दल हरुकोलागि आफ्नो अस्तित्व रक्षाका लागि पनि फलामको च्युरा चपाए सरह हुनेछ ।

-दीपक पन्त मिल्वाकी

प्रतिक्रिया