तीन दिन भित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

इनेप्लिज २०८० वैशाख ९ गते २:३० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई तीन दिन भित्र उठाउन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

1
२

प्रतिक्रिया