‘प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धव्यवहारिक बनाउनुपर्छ ’

इनेप्लिज २०८० वैशाख ४ गते २१:३६ मा प्रकाशित

विराटनगर, ४ वैशाख (रासस): कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

सोमबार विराटनगरमा आयोजित ‘कोशी प्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय निकायका पदाधिकारीहरुलाई आग्रह गर्दै प्रदेश र स्थानीय दुबै सरकार वित्तीय हिसाबले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘आगमी वर्ष देखि प्रदेश सरकारको अर्थमन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत स्थानीयतहसँग समन्वय गरेर काम गर्ने पंद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’

उहाँले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्तको बजेटमा योजना होइन क्षेत्र मात्र तोकेर स्थानीयतहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यानदिने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले स्थानीय तहका पदाधिकारीहरुले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितितमा देखिएको जनशक्त्ति अभाव लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

बैठकले प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८०÷०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीयतहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाडफाँड,स्थानीय तहका आवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभित्र उपसमितिहरु गठन गर्ने, लगायतका विषयमा विभित्र निर्णयहरु गरेको छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा दीपक काफ्ले छलफलका विषयहरु प्रस्तुत गर्नु भएको थियो । छलफलका क्रममा समन्वय परिषद्का सदस्यहरु, प्रदेश मन्त्रालयका सचिवहरुले प्रस्तुतविषयहरु माथिआआफ्नो धारण राख्नु भएको थियो ।

प्रतिक्रिया