२०७२ तिज ,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रमको समुद्घाटन पेंसेलभेनिया राज्यको पिट्सबर्ग शहर अगस्त २९ तारिखमा हुने भएको छ l कार्यक्रमको उद्घाटनलाई अपार सफलता बनाउन आयोजक तथा सह आयोजकहरु भब्य तयारीमा जुटी रहेको वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले बताएका छन् l
समुद्घाटन कार्यक्रम अगस्त २९ तारिख १ बजे देखि शुरु हुने भएको छ l उक्त कार्यक्रम पछि २०७२ तिज ,दशैं तथा तिहार धमाका सांगीतिक कार्यक्रम शुरु गरिने जानकारी कार्यक्रम संयोजक भानु फुएलले दिए l
अमेरिकामा रहेका नेपाली तथा भुटानी संघ तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष आतिथ्य तथा उपस्थिति सहित नेपाल सरकारका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन हुने भएको छ l
उक्त कार्यक्रमको लागि नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल(मुन्द्रे) लोक गायिका शिला आले ,प्रसिद्ध लोक गायक बद्रि पंगेनी तथा हास्यकलाकार तथा नृत्यांगना निरु खड्का(निर्मली)आउने भएका छन् l
यसै गरि अमेरिकामा रहेका गायक द्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज)भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरुले पनि प्रस्तुति देखाउने भएका छन् l
वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक /प्रमुख बुद्धी प्रसाद रेग्मीले २०७२ तिज ,दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदाय बिच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य पनि रहेको बताए l
२०७२ तिज ,दशैं तथा तिहार धमाकाको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा लि को सयुक्त रुपमा आयोजना गरिदै छ l तथा उद्घाटन समारोहको बिशेष आयोजना भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग ( बिसीएपी )ले गर्दैंछ l
कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्ने र अगस्त २९ देखी नोवेम्बर १ सम्म अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी गर्ने रहेको कार्यक्रम रहेको छ l
मेरिल्याण्ड र पेंसेल्भानियाका लागी नेपाल सरकारका महा बाणिज्य दुत प्रेम राजा महतले कार्यक्रमको ऐतिहासिक सफलताको कामना दिदै यो कार्यक्रमले भुटानी तथा नेपाली समुदायमा संस्कृतिको जगेर्ना गर्न अर्थपूर्ण संदेश दिने छ भन्नु भयो l यसको साथै नेपाल पुनर्निर्माण तथा भूकम्प पिढितहरुका लागि आर्थिक रुपमा ईट्टा थप्ने काम गर्ने छ भन्नु भयो l
कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग स्वरुप राजदुत डा अर्जुन कुमार कार्कीलाई नोवेम्बर १ तारिखमा कार्यक्रमको समापन समारोहमा बाल्टिमोरमा हस्तान्तरण गरिने बुद्धी प्रसाद रेग्मीले जानकारी गराए l
प्रतिक्रिया