महेश्वर पन्तको छोटो सागींतिक चलचित्र ‘जिँऊदा देवता’ आफ्नै यूटुब च्यानलबाट प्रसारण

इनेप्लिज २०८१ वैशाख १७ गते २:३८ मा प्रकाशित

केही महिना अगाडी मात्र प्रसारणमा ल्याइएको महेश्वर पन्त द्वारा लिखित र सगींतबद्ध गीतबाट बनेको छोटो चलचित्र‘जिँऊदा देवता’ उनको आफ्नै च्यानल ‘Maheshwar pant’ बाट फेरी प्रसारणमा आएको छ। प्रसिद्ध कलाकार तथा निर्देशक सरोज खनालको कथा र निर्देशनमा बनेको यो चलचित्रमा मुख्य भुमिकामा गौरी मल्ल र महेश्वर पन्त देखीएका छन्। गतिला शब्द, मीठो सगींतले भरिएको यो गीत प्रविन भेडवालले गाएका हुन।

अन्यकलाकारहरुमा राजेन्द्र केसी, रमेश दाहाल, भावना गुरुङ, सबिना आचार्य साथै बाल कलाकार गिरवान र गरभिषा थापा रहेका छन्।

कालीभक्त कृष्णा पन्त प्रतिस्ठानको प्रस्तुति रहेको यो फिल्मका प्रस्तोता परमेश्वर पन्त हुन्।

एरेन्ज सरोज विष्टको, मिक्सिङ किसोर थापाको रहेको छ। सह निर्देशक केशव राज भट्ट र मेक अपमा समरा जोशी, क्यामरामा उत्सब दाहाल, प्रोडक्शन डिजाइन दिपेन गौतम, एडिटर बिजेश पौड्याल रहेका छन्।

नेपाली घर घरको कथा बोकेको यो फिल्म सबै तिर सर्वाधिक रुचाइएको थियो। आमबाले छोरालाई मात्र उत्तराधिकारी मान्ने छोरीलाई परिवारको सदस्यमा नगन्ने नेपाली प्रचलनलाई औँल्याएको यस चलचित्रमा बाले जाएजेथा सबै दिएपछि छोराबाट हेला भएका बुढाबुढीको चित्रण गरिएको छ। हेर्नलाई कथा निकै रोचक र मार्मिक छ।

उक्त छोटो गीति चलचित्रको छायाकंन नेपालमा गरिएको हो।

प्रतिक्रिया