केहि त नया होस देशमा 

अर्जुन थापा २०८० वैशाख २ गते २:२२ मा प्रकाशित

नया वर्षा संगै नया जोस नया चाहना नया उमङ्गहरुको संकल्प भैरहेको छ। यस्तो घडीमा किन देशको बारेमा नसोच्ने देशले पनि नया असल निस्पक्ष नेतृत्व पाओस। हाम्रै पालामा हामीले देशको मुहार फेरिएको हेर्न पाउ। हामीले धेरैलाई हेर्यो कतिलाई त आज सम्म पनि दोहोराई रहेका छौ ।

तर पनि उनीहरुबाट केहि भएको छैन । यस्तो अवस्थामा हामीले उनीहरुलाई दोहोराउनु भन्दा नया योग्य व्यक्ति चुनौ। जसले एउटा निश्चित भिजन बोकेको होस जो निस्पक्ष होस जो भ्रष्टाचारको बिरुद्धमा होस। जसले जनताको काम गर्न सकोस तेस्तो व्यक्तिले मात्र हाम्रो मुलुकमा केहि गर्न सक्छ। नया वर्षको शुभकामना संगै सुन्दर देशको परिकल्पना पनि साटौ एउटा संकल्प गरौ अब त केहि होस देशमा खासमा हामी आफ्नो देश जन्म भुमि सम्बृद्ध विकसित देख्न चाहन्छौ त्यो पनि हाम्रै पालामा तर पनि हामी किन नेतृत्व फेर्न भने डराई रहेका छौ या नया नेतृत्व आउनै दिन चाहदैनौ। पुरानाबाट काम हुने भए किन नया विकल्प रोज्नु पर्थ्यो र पुराना त सबै हेरी सकियो। सबैले आफ्नो मात्र झोली भरे अनि खोइ कसले निकास र विकास दियो।

यति कुरा स्पष्ट हुदा हुदै पनि किन हामी नया नेतृत्व रोज्न सक्दैनौ। रबि सबै कुरा होइनन उनमा पनि कमि कमजोरी छ तर अहिलेको अवस्थामा राम्रा विकल्प भने हुन्। उनमा एउटा जोस छ त्यो हामीले हेरौ।

जब एकै पटक मौका दिदैनौ भने कसरी भन्न सक्छौ उनले केहि गर्न सक्दैनन्। अरु जस्तो उनमा पनि धेर थोर सत्ता मोह न देखिएको होइन यति कुरा बुझौ केहि गर्न त सत्ता र कुर्सि नै त चाहियो तर पनि उनले काम गर्ने शैली केहि फरक देखाउने सुरसार नगरेका भने होइनन । अहिले काठमाडौँका मेयर बालेन साह धरानका मेयर हर्क सम्पांग एउटा राम्रा उदाहरण बनेर आएका छन्।

पुराना स्थापित राजनीतिक दलबाट आएका भन्दा उनीहरु विकासवादी छन् परिवर्तनकारी छन् समयको मागलाई राम्ररी बुझ्न सक्छन। पार्टीमा बसी बर्षौ देखि लेबी तिरेर पालो पर्खेकाहरु भन्दा अहिलेका शिक्षित युवाहरु बढी परिवर्तनकारी र विकासवादी छन्। भलै उनीहरुमा राज्य संचालन सम्बन्धि तेती राम्रो ज्ञान छैन। उनीहरुले राज्य नीति कुटनीति परराष्ट्र नीति सम्बन्धि धारणा भने चाडो बाहिर ल्याउनु पर्छ।

अहिलेका जनता भनेका शिक्षित जनता हुन्। समय अनुसार चल्न सक्ने योग्य व्यक्ति आउनु पर्छ। तर राजनीतिक पार्टीका कार्यकर्ता यो कुरा मान्दैनन उनीहरु विकास भन्दा पनि कसरी आफ्नो दुनो सोझ्याउने र अलिकति कुम्ल्याउने भन्ने नै सोची रहेका हुन्छन। माथि देखि तल सम्म च्यानल मिलाएर मन मौजी गर्न पल्केकाहरु अर्को बाटो रोज्न चाहदैनन्। जसरी हुन्छ अरुलाई अघि आउन दिदैनन। देशमा बसेका हुन् या बिदेशमा बसेका हुन्। जो पार्टीका कार्यकर्ता छन।

उनीहरु नया आउने अनुहारलाई हदै सम्मको गाली गरि उनीहरुको खेदो खनीरहेका हुन्छन। जो अनेक बाध्यता ले देश छाडेका हुन्छन । र पुन पछि पनि देश मै भबिस्य देखि रहेका हुन्छन या जो देश मै भएर पनि कुनै पार्टीको कार्यकर्ता बनेका हुदैनन् उनीहरु भने कोहि नया आओस र देशलाई केहि नया मोड देओस भन्ने चाहन्छन।

बर्षौ भयो देश अन्यौलमा परेको निकाश दिने कोहि छैनन् अनेक व्यबस्थाको नाममा बारम्बार देशलाई बलात्कार मात्र गरि रहे। लुटी रहे आफु भरिए देश खोक्रो बनाए अब त बुझौ नेपाली जनता सधै यसरी हुदैन अरु देश कहाँ पुगी सके हाम्रो इतिहास अरु देशको भन्दा कयौ गुना पुरानो छ नया आएका मुलुकहरु बिकशित भैसके। हामी सबैले संकल्प गरौ देश बनोस ,भ्रष्टाचार नहोस , सबैले काम गरेर खान सकुन अरुलाई लुटेर ठगेर खाने ले लज्जा बोध गरुन , केहि त नया होस देशमा ,हामी सबैको जय होस |

-अर्जुन थापा

प्रतिक्रिया