विराटनगर,२९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वैंकको ऋण व्याजदरको वृद्धिका कारण स्वदेशी उद्योगहरु धरासयी अवस्थामा पुगेको बताउनु भएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४ औं बार्षिक साधारण सभा तथा महिला उद्यमी समिति मोरङको २० औं बार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै उहाँले बैकले तरलताको अभाव देखाउँदै वृद्धि गरिएको व्याज दरका कारण उद्यमीहरु लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएकाले सङ्घीय सरकारले यो समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले साना उद्यमीहरुले जग्गा उपलव्ध गराएमा उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारण सहितको सौगात गृह आगामी बर्षदेखि निर्माण कार्य शुरु गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले साना उद्योगहरुले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनु पर्नेमा जोड दिर्दै वलियो प्याकेजिङ्गका लागि आवश्यक पर्ने औजार लगायतका सामाग्री सरकारले उपलव्ध गराउने बताउनु भयो ।
उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालिन कृषि नीति ल्याउन विज्ञहरुसँग छलफल गरी आवश्यक सुझाव संकलन गरेको बताउँदै कृषि उपज आयात नियमन गरी विषादी लगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालयहरु थप गर्नुपर्नेमा जोड दिनु भयो ।
महासङ्घका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्याय अन्जु, अध्यक्ष सुनिता छाराहाङ नरेश खत्रीले साना उद्योगहरुलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति , कानुन बनाइ सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा रोजगारी, शिप प्रदान गर्ने नरेश खत्री,सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको छ।
मोरङ जिल्लामा चार हजार एक सय साना उद्योगहरुमा रु चार अर्व लगानी भएको छ भने २५ हजारले रोजगारी प्राप्त गरेका छन् ।
प्रतिक्रिया