कोशी प्रदेश मन्त्रिपरिषद निर्णय–विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारत सरकारसँग अनुरोध गर्ने

इनेप्लिज २०७९ चैत २९ गते २१:१८ मा प्रकाशित

विराटनगर,२९ चैत(रासस): कोशी प्रदेश मन्त्रीपरिषदको आज बसेको बैठकले मनमोहन विश्वविद्यालय वुढीगंगाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वसेको बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षीय (भारतीय पक्षसँग)को समझदारीको तय हुने गरी आर्थिक सहयोग उपलव्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्त्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनु भयो ।

यसका साथै सोही विश्विद्यालयका लागि दुई पक्षीय समझदारी अनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलव्ध गराउन समेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ।

कोरोना प्रकोपको सर्तकताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको छ सरकारका प्रवक्ता सिटौलाले बताउनु भयो ।

बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली २०७९ लाई स्विकृत गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया