विराटनगर,२८ चैत । सुरक्षित गर्भपतन अपराध होइन अधिकार भएको आज यहाँ सहभागीहरुले बताउनु भएको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज विराटनगरमा आयोजित तीन दिने सुरक्षित गर्भपतन सम्वन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी सो विचार राख्नु भएको हो ।
प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल एव स्वास्थ्य कार्यालयका चिकित्सहरुलाई सुरक्षित गर्भतन सम्वन्धमा पालिकास्तरमा रहेका हेल्थ पोष्टका स्टाफ नर्स, स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्भतन सम्वन्धमा प्रशिक्षण दिई उनीहरुमार्फत नागरिकमा जनचेतना फैलाउन कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भ सुरक्षित गर्भपतन गराउने, विशेष अवस्थामा चिकित्सकको सल्लाहमा २८ हप्तासम्मको गर्भपतन गराउने विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ ।
सो अवसरमा स्वास्थ्यमन्त्री निर्मला तावा लिम्वुले सरकारले माध्यमिकस्तरको विद्यालयमा स्टाफ नर्स राख्नुको मुख्य कारण छात्रालाईहरुलाई असुरक्षित गर्भपतन रोक्न चेतनावृद्धि गर्नुका साथै त्यस्तो अवस्थामा सिर्जना हुन नदिनु रहेको बताउनु भयो ।
उहाँले समाजमा गर्भवती महिलामा छोरी रहेको भ्रुण हत्या रोक्न सामाजिक कार्यकर्ताहरुलाई जनचेतना जागृत गराउने कार्यमा सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले कार्यपत्र प्रस्तुत गर्दै समाजमा अवैध यौन सम्बन्धबाट हुने गर्भवती युवती तथा महिलालाई लगाइने विभिन्न आरोप र जनचेतनाको कमीले गरिने असुरक्षित गर्भपतनको वृद्धिलाई रोक्न स्वास्थ्यकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
मुलुकमा विगत २० बर्षको अवधिमा १९ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन दिन स्वास्थ्यकर्मीहरु सक्षम भएको जानकारी दिइयो ।
प्रतिक्रिया