के नेपालमा नेपाली भन्ने विशेषण हराएको हो? होइन भन्ने के प्रमाण छ तपाईहरुसंग ? यो प्रश्न पंक्तिकारलाई कोहि नेपाललाई राम्रोसंग चिनेको,नेपाली भाषाको ज्ञान भएको र कूटनैतिक सेवामा नेपाल गएको अमेरिकनको हाल सेवानिबृत्त भएको उपल्लो दर्जाको व्यक्तिको प्रश्न थियो । पहिलो कुरा त त्यो बन्धुको प्रश्नले मलाई अप्ठ्यारो घुम्तिमा पुर्याएर पछारे । दोस्रो प्रश्नले मलाई एकै क्षण मैले आँखा चिम्म गरेर सोच्ने अवस्था बनायो । श्रृजनात्म उत्तरको खोजिमा म एकैछिन मौन बनेर बसेँ । अनि मैले उनलाई प्रतिप्रश्न सोधेँ, होइन महामहिमज्यू तपाईले हाम्रो देशको रास्ट्रिय गानलाई बिर्सनु भो कि जस्तो लाग्यो कारण । “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” मैले भनेपछि उनि थप्छन, त्यो त व्याकुल माहिलाले त्यस्तो नहोस भनेर रचेको कविता हो त्यस्लाई नै अमरगुरुङले संगित भरे राम्रो छ सुन्नको लागि कर्णप्रिय छन । तर व्यवहारमा नेपालीहरुको एकता र सद्भाव र सम्मान हाराएको जस्तो लाग्यो मलाई त, म अमेरिकन राजदूतावास रानीपोखरीमा हुँदा उप नियोग प्रमुख भएर काम गरेँ त्यस समयमा नेपालमा संबैधानिक राजतन्त्र भएको प्रजातन्त्र थियो, गीरिजा प्रसाद प्रधान मन्त्री थिए, पछि धेरै बर्ष संसारमा विभिन्न देशहरुमा राजदूत बनेर महाभूकम्प पछि पुन नेपाल जाने मौका मिल्यो तर आकाश र जमिन फरक पाईयो र भेटियो नेपालीहरुमा ।
मैले अलि क्रोधित अनुहार बनाए उनलाई सोधेँ होइन तिमिले किन यसरी खसालेर बोलेको हाम्रो देशलाई महासय ? तपाईले कूटनीति भाषा बिर्शीयौ जस्तो लाग्यो मलाई त भनेपछि । बोल्न थाल्यो र उन्को उत्तरहरुको साउनका झरिझै बर्षिन थाले, म अक्क न मक्क भएर सुनि बसें, एक तिमीहरु जातीय क्षेत्रमा विभाजितम छौ । दुईमा खस आर्य भनेको के हो ? यिनीहरु त पछि सिन्धु घाँटिका सभ्यतापछि खैबरपासबाट भारत आए त्यहाँबाट नेपालमा मुसुलमानहरुले देशनिकाला गरेपछि नेपालमा छिरेकाहरुले नेपाललाई शासन गरि राखेका छन । अनि झर्रो नेपालीहरुलाई जनजातीमा बाँडि दिएका छन, तिमीहरु नयाँ उपाधि पाएर मख्ख भएर बसेकाछौ । के त चाला, म पनि के कम तिमीहरुले पनि बेलायतबाट सन १६०७ मा उत्तर भर्जिनियका जेम्सटाउनमा सुन र सुर्ति खोज्न पठाएको निहु गरेर धमाधम आफनो मानिसहरुलाई ल्याएर यतै बस्यौ नि त अनि यहाँका सच्चाभूमि पुत्रपुत्रिहरुलाई मारेर उनिहरुकै जमिन लुटेर बस्यौ नि होइन र । त्यसपछि उनि एकैछिन मौन भयो ।
मलाई एकैछिन सोचेर बस्न बाध्य बनायो उनका प्रश्नका ओहिरोहरुले, हो नेपालबाट सात प्रदेशमा परिणत भएको छ देश । नेपालीहरुबाट अब आएर, नेपाली कांग्रेसका फलाना तिलाना, एमालेका फलाना, माओवादीका फलाना तिलाना, रास्ट्रिय प्रजातन्त्रका फलाना तिलाना, तराईका उपेन्द्र, ठाकूरका कार्यकर्ताहरु, आज आएर कोहि नेपाली भएर परमधाम पनि हूदैनन । फलानापार्टीका मफलानोको अन्तिम संस्कारमा गएको फलानो पार्टीको झण्डा फलानाले ओडेर दा हा संस्कार गरे । के नेपालभित्रै नेपालीहरु हराएका हुन त ? के नेपालीहरुले नेपाली भएर मृत्यूवरण पनि गर्न नपाईने भो त ? के राजनैतिक पार्टीहरुले प्राकृतिक धर्मलाई पनि रोक्न सक्छन र ? होइन भने किन यसरी पार्टीका कार्यकर्ताहरुलाई नेपालीबाट पन्छाएर फलानो पार्टी तिलानो पार्टी भन्न लगाएको ? के देशलाई पार्टीको खाँचो छ कि नेपालीलाई हो नेपाल भित्र विभिन्न पार्टीहरु छन। त्यसको सम्मान स्वरुप विवाहा वर्तमान पास्नी पीत्रिहरुको कर्मकान्डलाई पार्टीकै नामकारण किन गर्न आवश्यक छन र ? अब नेपालीहरुले पाउने नागरिकताको प्रमाणपत्रले नपुगेर रास्ट्रिय परिचयपत्र आइसके ।अरु देशमा त जन्मदर्ता प्रमाण पत्रलेनै सबै काम हुन्छ । तर हाम्रो देश मात्रै किन धेरै प्रकारका परिचयपत्रहरु बोक्न बाध्य बनाइए । नेपालीहरुलाई सरकारले ? के अव उप्रान्त रास्ट्रिय परिचयपत्रले नेपाली राहदानीको ठाँउमा विदेश भ्रमणमा जान पाइन्छ ? के आफनो कार्यकर्ताहरुलाई तलबभत्ता ख्वाउन यो रास्ट्रिय परिचयपत्र ल्याएको हो । एउटा जन्मदर्ता मृत्युदर्ता प्रमाण पत्रको ठेली बनाएर राख्न नसक्नेले रास्ट्रिय परिचय झण्झटटलाई कसरी समाल्ने ?
हाम्रो देशका बिकृतीहरुलाई नेताहरुकै कारण भएका छन । नेताहरुले पार्टी भित्र आफनो पार्टीको नामको आवश्यकता छन तर साधारण नेपालीले बुज्न गाह्रो भै सक्यो यदि कोहि तटस्ता अप्नाएर बसेका रहेछन भने के ति व्यक्ति मान्छे नै नहुने होइन होला नी । पहिले विदेशमा सारा नेपालीहरु एकतामा बस्न मन पराउथे तर अहिलेआएर जनसम्पर्क परदेशीमन्च, त्यतिले नभएर गैर आवासीहरुका संगठन, त्यसले पनि चित्ता नबुझेर, डाक्टहरुको संगठन, नर्सहरुको संगठन, ईन्जिनियरहरुको संगठन, अमेरिकामा यो भुगोलभित्र भएजति देशका बासिन्दहरुले बनाएको देश हो तर कहिले पनि सुनिदैन त्यस्ता खाले संगठनहरु पहिले अमेरिकी नेपाली सोसाइटी थिए तर अब आएर नेपाली अमेरिकी सोसाइटी बनाई सक् नेपालीहरुले । भन्नै पर्दा नेपालीहरुलाई एउटा पद लिएर बस्न पाएनन भने खाको खाद्यान्नले पनि पौष्टितत्व प्रदान गर्दैन जस्तो लाग्यो क्यारे । हामीले ईतिहास दोहोरिएर पढ्यौं भने हामी नेपाली भएर बिर गोर्खाली भएर चिनेका थियौं तर आज आएर गिरीजा फाउन्डेसनका पदाधिकारीहरु भएर जनसम्पर्कका पदाधिकारीहरु भएर,परदेशी मन्चका पदाधिकारी भएर आफूलाई परिचय दिन्छौ ।
जनसम्पर्कको ईतिसाहक पढन जरुरी छ कहिले किन यसको स्थापना भयो भनेर । यसबारे पंक्तिकारलाई राम्रो संग ज्ञान छ । अब आउने नेपाली नयाँबर्ष २०८० ले सबैको मनमा शान्ती ल्यावोस, निधारकान्ती छावोस । सबैले हामी नेपाली हौ भनेर व्यकुल माहिलाले लेखी दिएको राष्ट्रियगानको जस्तो एउटै माला नेपाली भएर आफूलाई गौरबपूर्ण भएर बाँच्न सकोस ।
डिग बहादुर तामाङ्ग, भेडापू,दोलाखा ।
प्रतिक्रिया