गिरिजाप्रसाद राष्ट्रिय हक्की –त्रिभुवन आर्मी क्लब फाइनलमा

इनेप्लिज २०७९ चैत २६ गते १६:१३ मा प्रकाशित

विराटनगर,२६ चैत । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेका छन् ।

विराटनगरको शहिद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लवले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ।

त्रिभुवन क्लवका रोमन रानाले चार, काशीराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक÷एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच क्लवका रंजित राउत भए ।

प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लव, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन् ।

अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज रात्रिकालिन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया