प्रदेश नं १ पुनः नामाकरण सङ्घर्ष समितिद्वारा –सभामुख गौतमलाई अल्टिमेटम पत्र

इनेप्लिज २०७९ चैत २६ गते १६:०२ मा प्रकाशित

विराटनगर,,२६ चैत । कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई प्रदेश नंं १ पुनः नामाङ्कन संयुक्त्त सङघर्ष समिति( समिन्वय समिति)द्वारा आज यहाँ अल्टिमेटम पत्र वुझाइएको छ।

प्रदेश सभा सचिवालयमा आयोजित एक समारोहबीच सभामुख गौतमलाई समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम लगायतका एक टोलीले उक्त्त पत्र वुझाएका छन् ।

सभामुख गौतमले पत्र वुझ्दै प्रदेशलाई बेनामे राख्नु भनेको प्रदेश खारेजीको पक्षमा सहयोग पुग्ने हुने भएकोले यसप्रति सजग हुन सबैलाई आग्रह गर्नु भयो ।

उहाँले नाम राख्नु पर्छ भन्ने पक्षमा आफु रहेको भन्दै के नाम राख्ने सम्बन्धमा विधि प्रक्रियाद्वारा निर्वाचित प्रतिनिधिहरुमार्फत प्रदेश सभाले राखेको प्रष्ट पार्नु भयो ।

सभामुख गौतमले लोकतन्त्रको अभ्यास अनुसार प्रदेश सभाले नाम राख्नु पर्ने बाध्यता अनुसार नामाकरण भएको बताउँदै नामाकरण नहुँदा सङ्घीयतामा जोखिम पर्ने वातावरणमा रहेको विचार राख्नु भयो ।

उहाँले जनतानै सर्वपरि भएकोले उनीहरुको मतलाई प्रदेश सभाले सम्मान गर्ने छ भन्दै आगामी दिनमा निर्वाचनको विधि प्रकियाद्वारा वहुमतको आधारमा नाम परिवर्तन गराउन आन्दोलन पक्षलाई आग्रह गर्नु भयो ।

प्रदेशको रक्षा गर्नु पर्ने दायित्व हामी सबैको साझा भएको बताउँदै उहाँले सरकार आन्दोलनलाई दमनको पक्षमा फिटिक्कै नरहेको र संयमित भएर आन्दोलनका गर्न आग्रह गर्नु भयो ।

समितिका थेगिमले अल्टिमेटम पत्र वुझाउँदै ऐतिहासिक पृष्टभूमि एवं बहुपहिचानका आधारमा नामाकरण गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया