मेष राशिको लागि २०८० साल मध्यम रहन सक्छ। सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ। स्वास्थ्य भने सामान्य रहन सक्छ। वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ।
अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा वर्षको पुर्वार्धमा केहि असमझदारी रहेपनि वर्षको उत्तरार्धमा सुधार आउन सक्छ र परिवारमा मांगलिक कार्यहरु हुन सक्छन्। मेष राशिको लागि यो वर्ष सेतो, खैरो, पर्पल र पहेलो रङ्ग शुभ रहन सक्छ।
यो वर्ष १, ३, ७, ९ अङ्क शुभ रहेका छन्। तपाईंले बृहस्पति र राहुको अशुभ गोचरफलको निवारणको लागि जपरपाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ। तपाईंले बिहिबारको दिन भगवान बिष्णुको पुजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ।
पूरा राशिफल विवरण भिडियोमा :
प्रतिक्रिया