किशोर किशोरीलाई रुपान्तरण तालिम

इनेप्लिज २०७९ चैत १९ गते १६:४३ मा प्रकाशित

विराटनगर १९ चैत । उदयपुरका २२ जना किशोर किशोरीहरुलाई रुपान्तरण सम्बन्धिको तालिम दिईएको छ ।

चैत ८ गतेदेखि शुरु भएको १२ दिने तालिमको आज यहाँ सम्पन्न भएको छ ।

तालिमका सहभागीहरुलाई जीवन उपयोगी शिक्षा सम्बन्धि तालिम दिईएको हो ।

युनएफपीए र भिएसओसँगको सहकार्यमा साझा सवालका लागि साझा मञ्च कोकन विराटनगरले मोरङ, उदयपुर र ओखलढुङ्गाका ४० विद्यालयका विद्यार्थीलाई लक्षित गरि रुपान्तरण कक्षा सञ्चालन गरिरहेको छ ।

भिएसओका सुनिल साहले तालिम लिएका साथी शिक्षकहरुले लैंगिक हिंसा रोकथाममा सहजीकरण गर्ने बताउनुभयो ।

कक्षा ८–१० सम्मका विद्यार्थी केन्द्रीत गरेर रुपान्तरण कक्षा सञ्चालन हुने छ । उहाँका अनुसार यो बर्ष एक हजार छ सय विद्यार्थीसम्म पुग्ने लक्ष्य रहेको छ ।’

अघिल्लो बर्ष सोही सङ्ख्याका विद्यार्थीमाझमा रुपान्तरण कक्षा सञ्चालन गरिएको थियो ।

कोकन अध्यक्ष मञ्जीता उपाध्यायले तालिममा लिएको सीपलाई राम्रोसँग प्रयोग गर्न सामाजिक अभियान्ता भएर काम गर्न किशोर किशोरीहरुलाई आग्रह गर्नुभयो ।

समाज रुपान्तरणमा किशोर किशोरीको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

समापन कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी सुनिता भट्टराई, विराटनगर महानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु लोहनी, युएनएफपीएकी कृति थापा, नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारी, कोकन सल्लाहकार कोषराज न्यौपाने लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया