लुम्बिनी सरकारबाट बाहिरियो माओवादी र जनमतपाटि

इनेप्लिज २०७९ चैत १२ गते १०:१२ मा प्रकाशित

रूपन्देही । लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्र र जनमत पाटी सरकारबाट बाहिरिएको छ ।

एमाले नेतृत्वको सरकारमा सहभागी उनीहरूले आइतबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री लीला गिरी रूपन्देहीमा भएकाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले बताए ।

माओवादीबाट ३ जना मंत्री जाेखबहादुर महरा, इन्द्रजित चाैधरी, कृष्णा केसीले राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् ।

कांग्रेस सांसद बसिउद्दिन खानले पहिलो अहिले सरकारमा रहेका दलका मन्त्रीले राजीनामा दिएपछि सरकार निर्माणको प्रकृया सुरू हुने बताएका छन् । प्रदेश अध्यक्ष माओवादीका सुदर्शन बरालले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए । माओवादी र जनमतले समर्थन फिर्तापछि लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

माओवादी सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अहिले माओवादी संसदीय दलका नेता जाेखबहादुर महरा, कांग्रेस संसदीय दलका नेता डिल्ली चाैधरी, माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालसहितका नेता प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४/४, जसपा, लोसपा र जनमत पार्टीका ३/३, स्वतन्त्र २, एकीकृत समाजवादी र रा

प्रतिक्रिया