अमेरिकाले युक्रेनमा प्याट्रियट नामक क्षेप्यास्त्र प्रणाली र बख्तरबन्दहरू योजना भन्दा छिटो पठाउने

इनेप्लिज २०७९ चैत ८ गते ०:१३ मा प्रकाशित

अमेरिकाले युक्रेनमा प्याट्रियट नामक क्षेप्यास्त्र प्रणाली र बख्तरबन्दहरू मूल योजना भन्दा छिटो पठाउने भएको छ ।

युएस प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अब्राम बख्तरबन्द (ट्याङ्क)हरू युक्रेनमा मूल योजना भन्दा छिटो तैनाथ गरिने अमेरिकी रक्षा अधिकारीहरूले मंगलबार भने।

६५ युक्रेनी सैनिकहरूको समूहले आगामी दिनहरूमा फोर्टसिल ओक्लाहोमामा प्रणालीहरूमा आफ्नो प्रशिक्षण पूरा रक्षा अधिकारीहरूले बताए ।

सेनाहरू त्यसपछि दुई प्याट्रियट प्रणालीहरूमा थप प्रशिक्षणको लागि युरोप जानेछन ।

बख्तरबन्द (ट्याङ्क )र प्याट्रियट्स क्षेप्यास्त्रको हस्तान्तरणको गतिलाई तीव्र पार्ने निर्णय युक्रेनले रूसी सेनाहरू विरुद्ध वसन्त आक्रमण सुरु गर्ने तयारी गरिरहेको बेला आएको हो ।

युक्रेनी सेनाको प्रशिक्षणमा १९ देखि ६७ वर्ष उमेर समूहका पुरुष र महिला छन्। उनीहरु जनवरीको मध्यमा आएका थिए र आगामी दिनमा तालिममा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । युक्रेनीहरूले दैनिक बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म प्रशिक्षण लिइरहेका थिए।

सन् २०२२ को अन्त्यमा अमेरिकाले प्याट्रियट क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरे पछि युक्रेनले स्वागत गरेको थियो । युक्रेनले हवाई रक्षा क्षमताको लागि बारम्बार अनुरोध गरेको सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया