क्यालिफोर्नियाको सैनिक अड्डामा सवारी साधन नरोकी द्वार भित्र पछि पछि तालाबन्दी गरिएको एबिसीसमाचारले जनाएको छ ।
क्यालिफोर्नियाको एक सैन्य आधार(मिलिटरी बेस )लाई शुक्रबार राती तालाबन्दीमा गरिएको एक सैन्य प्रवक्ताले बताए ।
नेभल बेस कोरोनाडोका प्रवक्ता केभिन डिक्सनले केएनएसडि -टिभी स्थानीय संचार माध्यमलाई द्वारमा नरोकी गाडी कुदाए पछि चालकलाई सैनिक अड्डाका सुरक्षाकर्मीहरुले हिरासतमा लिएका छन् ।
धेरै सैनिक गस्ती सवारी साधनहरुले करिव १०:३० बजे क्यालिफोर्नियाको कोरोनाडोको तेस्रो गल्ली र अल्मेडा मार्ग नजिकैको प्रवेशद्वारलाई घेरेका थिए।
स्यान डिएगो नजिकैको हवाई अड्डामा पनि धेरै द्वारहरू बन्द गरिएको थियो । शनिबार बिहान नेभल बेस कोरोनाडोको सामाजिक संजाल (फेसबुक ) पृष्ठमा एक सूचना प्रकाशित गर्दै नेभल एयर स्टेसन नर्थ आइल्याण्डको मुख्य द्वार हाल सुरक्षा घटनाका कारण बन्द गरिएको छ। सुरक्षाको कारण र अनुसन्धान गरिरहेको बेला मुख्य द्वारबाट टाढा रहन भनिएको छ ।
कोरोनाडो प्रहरी विभागले सैन्य प्रहरीसँग घटनाको अनुसन्धान गरिरहेको छ । नेभल एयर स्टेसन नर्थ आइल्याण्ड नौसेना अड्डा कोरोनाडो सहित आठौ अमेरिकी सैन्य अधिष्ठानहरू मध्ये एक हो।
फेब्रुअरी २०२२ मा उक्त सैनिक अड्डामा एउटै द्वार (गेट)मा बम बनाउने सामग्रीसहित एक सवारी साधन भेटिएको थियो । चालकलाई सोधपुछको लागि हिरासतमा राखिएको थियो।
प्रतिक्रिया