अमेरिकी गायक ब्रुस स्प्रिङस्टिनले उनलाई “राष्ट्रघाती” भनेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उनि माथि तीव्र हमला गरेका छन् । शुक्रबार बिहान आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भने, “संयुक्त राज्य अमेरिकाको राष्ट्रपति विरुद्ध विदेशी देशमा गएर बोलेको निन्दनीय छ।”
बुधबार बेलायतको म्यानचेस्टरमा भएको आफ्नो नयाँ सांगीतिक यात्राको पहिलो कार्यक्रममा स्प्रिङस्टिनले ट्रम्प प्रशासनलाई “भ्रष्ट, अयोग्य र राष्ट्रघाती” भन्दै आलोचना गरेका थिए। उनले लोकतन्त्रमा विश्वास गर्ने सबैलाई “स्वतन्त्रताको आवाज उठाउन” आह्वान गरे।
स्प्रिङस्टिनले भने, “सत्तावादविरुद्ध आवाज उठाऔं, स्वतन्त्रताको घण्टी बजाऔं।”
कोरोना महामारीपछिका स्प्रिङस्टिनका सांगीतिक कार्यक्रम (कन्स)र्टहरूमा आत्मपरक र राजनीति-विहीन प्रस्तुति भए पनि ट्रम्पको पुनरागमनपछि उनको यो पहिलो कार्यक्रममा ठूला राजनीतिक अभिव्यक्तिहरू देखिए।
ट्रम्पको प्रकाशन (पोस्ट)मा उनले स्प्रिङस्टिनलाई “प्रतिभावान व्यक्ति होइन” भनेर पनि आलोचना गरे। उनले विडम्बनापूर्ण ढंगमा भने, “स्प्रिङस्टिनजस्तो सुख्खा छाला भएको ओइलिएको गायक (रकस्टार)ले देश फर्किएपछि मात्र मुख खोलोस्। त्यो सामान्य नियम हो।”
स्प्रिङस्टिन, जो लामो समयदेखि डेमोक्रेटिक नेताहरूको समर्थन गर्दै आएका छन्, यस विषयमा हालसम्म प्रतिक्रिया दिएका छैनन्। ट्रम्पले यसअघि पनि जर्ज क्लूनी, टेलर स्विफ्ट र मेरिल स्ट्रीपजस्ता चर्चित कलाकार(सेलिब्रिटी)हरूलाई आलोचना गर्दै आएका छन्।
प्रतिक्रिया