एमविविएस प्रवेश परीक्षामा दोस्रो सहित पूर्ण छात्रवृत्ति ल्याउने १५ विद्यार्थीलाई सम्मान

इनेप्लिज २०७९ चैत ३ गते २१:१४ मा प्रकाशित

विराटनगर,३ चैत । लगनशील भएर अध्ययन गरेमा सफलता सहज हुने विराटनगर –११ स्थित बालकल्याण विद्या मन्दिर(बिकेभीएम)का १५ जना विद्यार्थीहरुले एमविविएस र इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भई समाजमा उदाहरण देखाएका छन् ।

विद्या मन्दिरका विद्यार्थी प्रफेन यादवले एमविविएस प्रवेश परीक्षामा दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

यसैगरी एमविविएसतर्फ पूर्णछात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुमा आदित्य शर्मा, आयाम कट्टेल, रोहन पार्साइला, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत, र आयुष गौतम रहेका छन् ।

विडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमारले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

विद्यालयद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र प्राचार्य रोविन दाहालले विद्यार्थीलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा प्रमुख कोइरालाले शैक्षिक केन्द्रको नगरलाई विकास गरी सार्क राष्ट्रका विद्यार्थीहरुलाई अध्ययनको सहज वातावरण मिलाउनु पर्नेमा जोड दिनु भयो ।

विद्यालयका प्राचार्य दाहाल र दोसो स्थान ल्याउने विद्यार्थी यादवले विद्यार्थीलाई अनुकुल हुने गुणस्तरीय शिक्षा प्रदानले सफलता प्राप्त गर्न सहयोग पुगेको बताएका छन् । विद्यालयले गतवर्षबाट कक्षा ११ र १२ को अध्ययपन शुरु गरेको हो ।

विसं २०४० मा स्थापित विद्यालयले २०६५ सालमा राकेश गिरी र २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्ड प्रथम ल्याउन सफल भएका थिए भने पाँच पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ठ विद्यालयको रुपमा सम्मानित भइसकेको छ।

प्रतिक्रिया