हामी नेपाली ग्लोबल युएसएले लस एन्जलसको हलिउडमा नेपाल फेस्टिभल मनाउने भएको छ । संस्थाका अध्यक्ष इन्दिरा त्रिपाठीले आगामी जुन २५, २०२३ का दिन महोत्सव मनाउन निर्णय गरिएको बताइन । र ,उनले सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता हुन् समेत आह्वान गरेकी छिन ।
उनले बेला बेलामा यस सम्बन्धि जानकारी गराउने बताइन । साथै यस क्षेत्र वरपर बस्ने नेपाली समुदायलाई सहित शान्ती पथ यात्रा, बहस कार्यक्रम र विभिन्न कार्यक्रममा सहभागिता हुन् अनुरोध गर्दै भेषभुषा सहित उपस्थितिको लागि अनुरोध समेत ईनेप्लिज मार्फत गरेकी छिन ।
बिस्तृत जान्न यहाँ हेर्नु होला :
सम्पूर्ण नेपाली समुदायमा ! नमस्कार !
हामी नेपाली ग्लोबल यूएसए र अन्य स्थानीय सस्थारुको सहभागितामा Hollywood Blvd/Vine St. मा Nepal Festival भब्यता साथ जुन २५, २०२३ आइतबारका दिन सम्पन हुन गै रहेको सहर्ष जानकारी गराउदछौ | सोही दिन हामी २.२ mile (माईल) शान्ती पथ यात्रा, विभिन्न सास्कृतिक भेषभुषा , नेपाली बाजा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ |
Nepal Festival को सहयोग रकम यहाहरुले Zelle payment no. 818-509-5954 Hami Nepali Bank Account को फोन प्रयोग गर्न सक्नु हुनेछ |
मूल आयोजक समिति,हामी नेपाली ग्लोबल युएसए
नमस्ते ! नेपाली समुदाय सदस्यहरू !!
हामी नेपाली ग्लोबल युएसएले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको हलिउडमा नेपाली व्यवसाय प्रवर्द्धन सुरु गर्ने योजना बनाएको छ । यहाँहरुलाई थाहा छ ,हलिउड पर्यटकहरूको लागि सबैभन्दा व्यस्त ठाउँ हो। यो अमेरिकीहरूको लागि धेरै जमघट हुने स्थल हो । तसर्थ हलिउडमा यो कार्यक्रम आयोजना गर्नु व्यापार प्रवर्द्धनका लागि सार्थक हुने अपेक्षा हामीले गरेका छौ ।
नेपालको महोत्सव किन : यो प्रस्तावित कार्यक्रम हलिउडको ब्लुभर्ड /भाइन (Blvd/Vine )को भाइन मार्ग (Vine Street) को एक भवन समुह (ब्लक)मा आयोजना गरिने छ । जहाँ शान्ति पदयात्रा, बहस/छलफल कार्यक्रम, नेपाली खाना (मम कफी), लुगाहरुमा (नेपाली हस्तकला, परम्परागत पोशाक,टोपी, खुकुरी आदि इत्यादी ) को प्रदर्शन साथै नेपालको प्रवर्द्धन गर्नको लागि नेपाल महोत्सवको आयोजना गरिने छ । साथै हामी नेपाली ग्लोबल युएसएले नेपाली साँस्कृतिक खाना र कपडाको प्रदर्शनी आयोजना गर्दैछ । यो सहभागिताले नेपालको व्यापार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । यो काउन्टीका लागि हलिउड वाक फेम र हलिउड साइनका विभिन्न पक्षहरूमा पर्यटन, व्यापार र आकर्षण प्रवर्द्धन गर्ने अवसर पनि हो।
कार्यक्रम आयोजनाको उद्देश्य अमेरिकामा बसोबास गर्ने डायस्पोराहरू बीच व्यवसायको ज्ञान, सीप र अनुभवहरू हिस्सा/साझा गर्नु(शेयर ), व्यवसाय स्थापना गर्न डायस्पोराहरूलाई आकर्षित गर्नु हो। नेपालबाट नेपाली वस्तु आयात गर्ने सम्भावना पत्ता लगाउने र नेपालबाट नेपाली वस्तु आयात गर्न अमेरिकीहरूलाई आकर्षित गर्ने हो ।
परियोजना गतिविधि: हलिउडको सबैभन्दा प्रसिद्ध स्थान लस एन्जलस, क्यालिफोर्नियाको मुख्य फुटपाथमा नेपाली उत्पादनको प्रदर्शनी हुनेछ। यहाँ व्यवसायीहरुको लागि उच्च श्रेणीको राम्रो विज्ञापन हुनेछ। संचार माध्यम (मिडिया कभरेज )व्यवस्थित गरिनेछ। हलिउडको स्थानीय नगर परिषद र स्थानीय स्थानको प्रहरीसँग समन्वय गरिएको छ। उत्कृष्ट कार्यक्रम संचालक /अनुभवी उद्घोषक लाई छनौट गरिने छ । कार्यक्रममा व्यवसायी, चन्दा दाता र सक्रिय सहभागी सदस्यहरूका बायोडाटा र तस्बिरहरु (फोटो)हरू प्रस्तुति गरिने छ भने कार्यक्रमका लागि केही प्रदर्शन कक्ष (स्टल)हरू स्थापना गरिनेछ।
प्रतिक्रिया