शेखर राई/ राकेश राई। न्यूह्यम्सायर
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरु मुन्दुमीबिधी पूर्वक सम्पन्न गर्ने नोक्छुङ /नोक्छो र तोकाया पुर्खाहरुलाई गत फागुन ३, सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ।
प्रकृति र पितृ/पुर्खाहरु नै जिवनको मुल आधारशिला मान्ने किरात राईको वैदिककाल खण्ड भन्दापनि पुरानो मुन्दुमी संस्कार आज विभिन्न कारणवस लोपुन्मुख अबस्थामा पुगेको तत्थ्यलाई मध्यनजर गर्दै, यस किराती संस्कृति र संस्कारलाई जिवित राख्न अहम दाइत्व निर्वाह गरिरहेका (पुजारी) नोक्छुङ /नोक्छो र तोकाया पुर्खाहरुको संरक्षण गर्न, सरोकारवाला र किरात समुदायमा जागरण ल्याउने उदेश्यले प्रेरित हुदै UKROA द्धारा यो सम्मान कार्यक्रमक़ो ओयोजना गरिएको हो।
उक्त “नोक्छुङ /नोक्छो र तोकाया पुर्खा” सम्मान समारोह UKROA न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको सभापतित्व र माप्य दुधकोशी गाँउपालिका-१ का वडा अध्यक्ष सज्जन राईको प्रमुख आतित्थ्यमा सम्पन्न गरिएको थियो।
अध्यक्ष ममता खालिङले UKROA संस्थाको तर्फबाट नोक्छुङ/नोक्छोहरुलाई किराती संस्कार अनुसार शिरमा फेटा गूथी “सायराम्मा” गरेकी थिईन।त्यस्तैगरी जाडोकोलागी न्यानो कपडा र कदर-पत्र पनि प्रदान गरिएकी थिईन्।उक्त सम्मान कार्यक्रमबाट सम्मानित हुने नोक्छुङ्ग/नोक्छोहरूमा नौ बहादुर राई, वुध्दिवीर राई, भिम बहादुर राई, दिर्ग सिं राई, डिक बहादुर राई, जित बहादुर राई, कृष्ण प्रसाद राई, नौधन राई, मोहन राई, हर्क बहादुर राई, धनवीर राई, छक्के राई, भक्त राई, उजलमान राई, फट्ठि बहादुर राई , मन्दे राई र दोन्जे राई हुनुहन्थ्यो भने तोकाया पूर्खाहरूमा पर्खे राई, धन बहादुर राई, पर्शुराम राई, वीरकाजी राई, तेज बहादुर राई, मोति प्रसाद राई, ज्ञाने राई, संचे राई, शंसेर राई, आईवीर राई, धन बहादुर राई र वीर बहादुर राई हुनुहुन्थ्यो।
कार्यक्रमका आमन्त्रित अतिथिहरु जनकल्याण मा.वि. का प्र.अ. धन बहादुर राई, शिक्षक लाख मान राई , व्यवसायी भक्त बहादुर राई , युवा नेता तथा व्यवसायी असार मान राई, समाजसेवीहरु उत्र बहादुर राई, मकर राई, कुमार राई , जुभिङ स्वास्थ्य चौकी इन्चार्ज तथा यूथ सर्कल अध्यक्ष विजय राई , केन्द्रिय अध्यक्ष/यूथ सर्कल जुभिङ गौतम राई लगायतका स्थानिय बुद्दिजिबी तथा संघसंस्थका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। सफल व्यावसायी तथा समाजसेवी कुमार राईले उपस्थित सहभागिहरूलाई मिठो स्वागत मन्तव्यले कार्यक्रममा स्वागत गरेका थिए। आमन्त्रित बुद्धीजिवी अतिथी वक्ताहरुले किरात संस्कार/संस्कृतिको संरक्षण र सुरक्षित पुस्तान्तरणको बिषयमा आफ्ना गहन विचारहरु व्यक्त गरेका थिए।
सम्मान समारोहका प्रमुख अतिथी तथा माप्य दुधकोशी गाउंपालिका-१ का वडाअध्यक्ष सज्जन राईले किरात राईहरुको भाषा, धर्म, संस्कार/ संस्कृतिको संरक्षण र संवर्धनका लागी प्रारम्भ गरिएको यो विशेष अभियानको निम्ति युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) को खुलेर प्रशंसा गरेका थिए।उक्त सम्मान समारोहका सभाध्यक्ष समेत रहेकी UKROA न्यूयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ राईले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण संघ-संस्था र तिनक प्रमुखहरु, स्थानिय प्रतिनीधिहरू, कार्यक्रमलाई व्यावस्थित बनाउन फिल्डमा खट्नुभएका स्वयमसेवकहरू जेनिसा राई, सुमित्रा राई, शर्मिला राई , शम्भु राई लगायत सम्पूर्ण सहभागि जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिईन, भने उक्त कार्यक्रमको संचालन रोशन राईले गरेका थिए।
किरात राई यायोख्खा नेपालसँग आपसी छलफल र सहयोगः
गत २० फाल्गुन २०७९ मा UKROA न्यूयोर्क च्याप्टर अध्यक्ष ममता खालिङ्ग राई र UKROA टिएएफ् (TAPF) च्याप्टर अध्यक्ष दमकाजि राईले विश्वभरि छरिएर रहेका किरात राईहरुको साझा संरक्षक संस्था किरात राई यायोख्खा नेपालका केन्द्रिय अध्यक्ष जिवन हाताचो राई, सह-अध्यक्ष ज्ञान बहादुर चाम्लिङ्गराई, उपाध्यक्ष जनक राई, कोषाध्यक्ष परशु राम राई र महासचिव भिम राईलाई कोटेश्वर स्थित किराया को केन्द्रिय कार्यलय काठमाण्डौमा संयुक्त रुपमा शिष्टाचार भेट गरी किरात राईहरुको भाषा, धर्म, संस्कार/संस्कृति र ईतिहासको संरक्षण र पुस्तान्तरणको विषयमा गहन छलफल गरेका थिए।उक्त भेटमा संस्थागत सरसहयोग र भावि कार्यक्रमहरुमा गर्न सकिने संस्थागत सहकार्यका बारेमा गहन विमर्श गरिएको थियो।UKROA का च्याप्टर अध्यक्षद्धय मार्फत किरात राई यायोख्खाको गत मंसिरमा सम्पन्न अधिवेशनको निम्ति सहयोगार्थ UKROA को तर्फबाट ने.रु ५०,०००/- (रु. पचास हजार) हस्तन्तरण गर्रिएकोछ।
अग्नि पिडितलाई सहयोगः
UKROA का आजिवन सदस्य तथा न्यू ईङ्गल्याण्ड च्याप्टरका कोषाध्यक्ष चन्द्र कुमार राईको धनुकुटा जिल्ला स्थित शहिदभूमी गाउपालिका खोकुछिन्ताङमा रहेको पुर्खौलि घरमा गत माघ ६ गते शुक्रवारका दिन एल.पी. ग्यास चुहावट भई अचानक आगोलागी हुँदा अन्दाजी १२ लाख बरावरको धनमाल र दैनिक प्रयोजनका मालसामानहरू जलेर पूर्णरुपमा नष्ट भएका थिए।तर कुनै मानविय क्षति भने भएको थिएन।
आफ्ना सदस्यहरुको साह्रो/गाह्रो र दु:ख/सुखमा सामुहिक रुपमै सरसहयोग र हातेमालो गर्ने UKROA को परम्परा अनुसार पिडित परिवारजनमा संस्थागत साहानुभुतिको निम्ति न्यू ईङ्गल्याण्ड च्याप्टरले आह्वान गरेको “आगोलागी पिडित राहत कोष” संकलनमा स्वतस्फुर्त जोडिई हातेमालो गर्नुहुने सह्रदयी UKROA बन्धुदाता सदस्यहरुबाट संकलित रकम $ ५,४१६.०० (अमेरिकीन डलर पांच हजार चार सय सोह्र) गत २५ फेव्रुवरी २०२३ मा एउटा बिशेष भर्चुयल कार्यक्रमको आयोजना गरी न्यू ईङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण बहादुर राईले पिडित परिवारका सदस्य चन्द्र कुमार राईलाई हस्तान्तरण गरेका छन्।साथै आगोलागी पिडित परिवारको तर्फबाट चन्द्र कुमार राईले सम्पूर्ण सहयोगी दाताबन्धुहरुमा आभार ब्यक्त गरेका थिए।
प्रतिक्रिया