विराटनगर,३० फागुन । वैश्य सेवा परिषद नेपाल (विएसपी नेपाल) केन्द्रिय कार्यसमिति विराटनगरले आज यहाँ २५ जना समाजसेवीहरुलाई सम्मान गरेको छ।
समाजले तीन दिने दीर्घ जीवन सचेतना तथा सम्मान समापनका अवसरमा उहाँहरुहरुलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा मुरारी थापा, शिवु थापा, विद्यानन्द मल्लिक, प्रलाद कुमार साह, धर्मेन्द्र गुप्ता, बासु साह, मन्जु साह, हरिशचन्द्र कामत, विजय कामत, मदन कामत, विनोद कामत,पार्वती साह, पुजा साह, लक्ष्मी साह, उमा देव, राजु शर्मा, सानो देवी शर्मा, बबिता साह, मिना देवी, अनुपमा साह, शंकर साह, बालक्लबका करण शर्मा हुनुहुन्छ ।
विराटनगर महानगरपालिकाका वडा अध्यक्ष विश्वनाथ भगतले समाजसेवीहरुलाई सम्मान गर्दै समाजमा रहेका कुरिती हटाउने कार्यमा ठूलो भूमिका निर्वाह गरेको बताउनु भयो ।
प्रशिक्षकहरु उमेश भगत र प्रा राजेन्द्र प्रसाद गुप्ता, केदार कोईराला, दिनेश शाहले समाजदेखिएका बाल बिवाह , दाइजो प्रथा हटाउन एवं छोरीलाई शिक्षामा पहुँच पु¥याउन जनचेतना वृद्धि गनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया