अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको विशाल हिमपातबाट ८४० वटा उडान रद्ध, म्यासाचुसेट्समा २८ ईन्च हिउ

इनेप्लिज २०७९ फागुन ३० गते १८:३७ मा प्रकाशित

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको विशाल हिमपातबाट अहिले सम्म ८४० वटा उडान रद्ध भएका छन । बिहान १० बजे सम्म म्यासाचुसेट्समा कम्तीमा २८ ईन्च हिउ परेको छ भने त्यसै गरि भरमन्टमा २४ , न्यूयोर्कमा १८ ईन्च लगायत थुप्रै राज्यहरुमा ९ ईन्च भन्दा माथी हिउ परेको सिएनएनले जनाएको छ ।

उत्तरपूर्वी मुख्य शहरहरु र बिमान स्थलहरुमा उडानहरू रद्द वा ढिलाइ भएका छन ।

आज बिहान ११.३० सम्म संयुक्त राज्य अमेरिका भित्र र बाहिर ८४० उडानहरू रद्द गरिएको छ। अमेरिकामा १,६०० भन्दा ज्यादा उडानहरु ढिलाइ पनि छन्।

प्रतिक्रिया