बालविवाह र दाइजो प्रथा अन्त्य गर्नुपर्छ

इनेप्लिज २०७९ फागुन ३० गते ०:२५ मा प्रकाशित

विराटनगर,२९ फागुन । समाजमा तिव्र गतिले फैलिरहेको रुढिवादी परम्परा, बालविवाह, दाइजो प्रथा, विकृती र विसंगतीहरुको निमूल गरिनु पर्ने वैश्य समितिका अग्रजहरुले सुझाव दिनु भएको छ।

वैश्य सेवा परिषद नेपाल केन्द्रिय कार्यसमिति विराटनगरद्वारा आजदेखि शुरु भएको तीन दिने दीर्घ जीवन सचेतना तथा सम्मान कार्यक्रम सहभागीहरुले समाजदेखि विभिन्न विकृतिहरुको अन्त्यका लागि युवाहरु लाग्नु पर्नेमा सहभागीहरुले जोड दिनु भयो ।

विराटनगर महानगरपालिका वडा नं ९ का अध्यक्ष विश्वनाथ भगतले समाजमा दिर्घ जीवनका लागि अपनाउनु पर्ने विधि अवलम्बन गरिनु पर्ने कुरामा जोड दिनु भयो ।

रामकिशुन साह,प्रशिक्षक राजनितिज्ञ प्रा राजेन्द्र प्रसाद गुप्ता, राजनितिज्ञहरु केदार कोईराला, दिनेश शाह, दलित नेता हिरालाल सिन्चुरी, समाजसेवी उमेश भगतसमेतले दीर्घ जीवनका लागि लागि नेतृत्व विकास र जनचेतना सम्बन्धि विषयमा प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया