जनबर्गिय संगठनका इन्चार्जको बैठक सुखडमा

वीरेन्द्र रावल २०७९ फागुन २८ गते २१:२१ मा प्रकाशित

वीरेन्द्र रावल

सुख्खड फागु्न २८÷ नेकपा एमाले निकट विभिन्न जनबर्गिय संगठनका कैलाली जिल्ला इन्चार्जहरुको बैठक आइतबार सुख्खडमा सप्पन्न भएको छ ।

नेकपा एमालेले संचालन गरेको मिसन ग्रास रुट कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र आगामी चैत्र महिनाको ८ गते सप्पन्न हुने स्वबियु निर्वाचनमा एमाले अखिलका उम्मेदवारलाई बिजयी बनाउनका लागि पार्टी पङ्तिले खेल्नु पर्ने भुमिकाका सम्बन्धमा बैठक केन्द्रित रहेको कुरा जन बर्गिय संगठनका कैलाली संयोजक द्दारिका न्यौपानेले जानकारी दिनु भएको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले पोलिट्ब्युरो सदस्य एवं मिसन ग्रास रुट्का केन्द्रीय प्रतिनिधि निरु देबि पालले मिसन ग्रास रुट कार्यक्रमलाई जनताका माझ लैजानका लागि सबै नेता कार्यकर्ताहरू खटाइएको ठाउँमा जिम्मेवारी पुर्वक लाग्नु पर्ने बताउनु भएको छ । पोलिट्ब्युरो सदस्य पालले एमालेलाई जनताका माझ झन शसक्त बनाउदै लैजाने,संगठन बिस्तार अनि सुदृढीकरण गर्दै लैजान सकेको खण्डमा अबको राजनीतिमा एमालेको बिकल्प नरहने दाबी समेत गर्नु भएको छ । मिसन ग्रास रुटको मुख्री उद्देश्य पार्टीमा देखा परेका समस्या,नेता कार्यकर्ताका बिचका असम्झदारिलाइ हटाउदै पार्टीलाई बलियो बनाएर लैजाने रहेको कुरा पालले बताउनु भयो । बैठकमा एमाले कैलालीका सचीव डेजि पाण्डे ,उपसचिव ममता प्रसाद चौधरीले समेत पार्टीले संचालन गरेको मिसन ग्रास रुट्को प्रभावकारिताका बारेमा बताउनु भएको छ ।

बैठकले स्वबियु निर्वाचनमा एमाले अखिललाई बिजयी गराउनका लागि कैलाली जिल्लाका निर्वाचन हुने क्याम्पसमा जिल्ला कमिटीका पदाधिकारी खटाउने समेत निर्णय गरेको छ

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया