वीरेन्द्र रावल
धनगढी ,फागुन २८÷धनगढी ११ र १६ मा आइतबार मिसन ग्रास रुट कार्यक्रम सप्पन्न भएको छ ।
नेकपा एमले पोलिट ब्यूरो सदस्य एवं केन्द्रिय प्रतिनिधि गणेश ठगुन्नाले वार्ड भेलालाइ सम्बोधन गर्दै नेकपा एमाले जनताको हक,हित र संरक्षणका लागि क्रियासिल पार्टी भएकाले जनताको जनजिबिकाको सवालमा सबै नेता कार्यकर्ताहरु एमालेको झण्डामा गोलबद्द हुन आग्रह गर्नु भएको छ । उहाँले एमालेलाई जनताको पार्टीलाई जनताको पार्टी बनाउनका लागि नै ग्रास रुट अभियानलाई अगाडि सारिएको बताउनु भएको छ । एमाले पार्टीले स्थानीय ,प्रदेश सभामा र संघको निर्वाचनमा भोग्नु परेका समस्याको पहिचान ,समस्याको समाधान सहित संगठन सुदृढीकरण र बिस्तार गर्दैलैजान सकेको खण्डमा आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न सकिने बताउनु भएको छ । सो कार्यक्रममा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोसि लगायतका नेताहरूले सम्बोधन गर्नु भएको थियो ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया