वीरेन्द्र रावल
धनगढी, फागुन २५ ÷नेकपा एमालेले सन्चालन गरेको मिसन ग्रास रुट कार्यक्रम कैलाली लागयत सुदुर पश्चिमका ८८ वटै पालिका र नगरपालिकाहरुमा तिब्र रुपमा सन्चालन भैरहेका छन ।
नेकप एमाले पार्टी भित्र देखा परेका आन्तरिक एवं बाहृय समस्याको समाधान अनि स्थानीय तथा संघ प्रदेशको सभा २०७९ मा एमालेले भोगेका सफलता र असफलताको गहन छानबिन गर्नका लागि समेत मिसन ग्रास रुट कार्यक्रम संचालनमा ल्याइएको बताइएको छ ।
यसैक्रमा नेकपा एमाले कैलारी गाउँ पालिकाको वडा नम्बर ६ को भगतपुर टोलमा बुधबार टोल भेला सम्पन्न भएको कुरा एमाले वडा नम्बर ६ का अध्यक्ष बिस्णुद चौधरीले बताउनु भएको छ । टोल भेलामा भगतपुरका महिला,पुरुष तथा पार्टीका स्थानीय कार्यकर्ताको सहभागिता रहेको थियो । टोल कमिटिको भेलाको प्रमुख अतिथि नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य बिरेन्द्र बहादुर रावल रहनु भएको थियो । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथी रावलले एमाले पार्टीबाट मात्र समाज रुपान्तरण सम्भव रहेकाले देसको समग्र बिकास ,समृद्धिका लागि एमालेले अघि सारेको बहुदलीय जनवादी बाटोमा अघि सर्ने सबैलाइ आग्रह गर्नु भयो । सो अवसरमा वडा कमिटीका अध्यक्ष बिस्णु चौधरीले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो । सीता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन उमा सार्किले गर्नु भएको थियोे ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया