किक्रेटमा ५२ रनले नेपाल विजयी

इनेप्लिज २०७९ फागुन २५ गते १२:२३ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेटले पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा सीमित भयो । जितसँगै नेपालले ३३ खेलमा १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी तीनै खेलमा जित निकाल्नु पर्नेछ । भने, एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पर्याप्त हुनेछ ।

एक खेल मात्रै पराजित भए नेपाललाई विश्वकप छनोटमा सोझै स्थान बनाउन सहज हुने छैन । एकदिवसीय मान्यता जोगाउन नेपालले दुई खेल मात्रै जिते पर्याप्त हुनेछ । त्रिदेशीय दोस्रो खेल नेपालले आइतबार यूएईसँग खेल्नेछ । पीएनजीले शुक्रबार यूएईसँग खेल्नेछ ।

भवानी तरकारी पसलमा पुगेपछि उसले “काउली किलोको कति साहुजी ?” भन्यो । साहुजीले “किलोको साठी रुपैँया मात्र” भन्यो । “पचास रुपैँयामा दिनु नि साहुजी” भवानीले भन्यो । “सय रुपैँया किलोको काउली मैले साठी रुपैँया किलोमा दिदा तपाईले काउलीको मूल्य घटाउनु हुन्छ नि” साहुजीले भन्यो । “एकसय पचास रुपैँया किलोमा पनि काउली किनेर खायौ साहुजी” भवानीले भन्यो ।

“एकसय पचास रुपैँयामा किनेर खानु भएको काउली मैले साठी रुपैँया किलोमा दिदा तपाईले किन्न गाह्रो मानेर पचास रुपैँया किलोमा दिनु नि भन्न भयो नि” साहुजीले भन्यो । “हो नि साहुजी हामी किन्न आउने ग्राहकहरुले जुन सामानको भाउ पनि पसलेले भनेको मूल्यमा घटाउने चलन नै छ नि त” भवानीले भन्यो ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं

प्रतिक्रिया