रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी भएका छन् । उनि यो बिजयी संगै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा जीत हासिल गर्न सफल भएका छन् ।
उनले ३३८०२ मत प्राप्त गदै उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई हराएका हुन् । यता सुवास नेम्वाङले १५५१८ मत प्राप्त गरे ।
नेता पौडेललाई जिताउन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका १० राजनीतिक दलको समर्थन थियो ।
पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । जसअनुसार उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वा संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।
तनहुँको ब्यासमा २००१ साल असोज २९ गते जन्मेका पौडेल गणतन्त्र नेपालको राष्ट्र प्रमुख बनेका छन् । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावमा पराजित भएका पौडेल एकै पटकमा राष्ट्रपति बन्न सफल भएका छन् ।
कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बनिसकेका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
प्रतिक्रिया