वीरेन्द्र रावल
धनगढी,फागुन २२÷ कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १३ स्थित हिमाली टोलमा यस बर्ष होरी पर्व धुमधाम संग मनाईन शुरु गरिएको छ ।
एक हप्तासम्म हुने होरी पर्वलाई अछाम घरभै तराईमा बस्दै आएका अछामी दाजुभाईहरु एक आपसमा मिलेर हार्दिकताका साथ होरी पर्व मनाउने गरेको स्थानीय अरुण कुँवरले जानकारी दिनु भएको छ ।
दाउरा ,शुरुवाल ,कुर्ता र फुलका माला लगाएर (अर्थात जामा लगाएर ) एक आपसमा टीका अविर लगाएर धुमधाम साथ मनाउने चलन अनुसार ्एक हप्ता देखि फागुन २३ ते सम्म उक्र होरी पर्व मनाइृने गरेको बताईन्छ ।
उत्साह उमंगको प्रतिक बसन्त ऋतुको आगमन संगै फाल्गुण पूर्णिमा वा चैत्रशुक्ल प्रतिपदाको दिन मनाईने यस पर्वलाई लिंङ्ग पुराण, वराहपुराण,
रामायण, महाभारत, जैमिनि
ऋषिहरुद्वारा रचित तथा मिमाँसा दर्शनकोआरम्भ भएको मानिने पूर्व मिमाँस सूत्र आदि ग्रन्थहरुमा उल्लेख गरिंदैवैदिककाल, आर्यकाल, मुगलमाल हुंदै ठाउं, स्थान वा प्रदेश अनुसार फागु, फगुवन, होली, धुलेंडी, छाँगरी, होरी, बसन्तोत्सव, मदनोत्सव, आदी नामले यो पर्व मनाइने गरेको बुढापाकाहरुको भनाई रहेको छ ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया