एनआरएन बेलायतको विवाद लाई अन्त्य गर्न माग गर्दै एनआरएनए केन्दलाई ्रज्ञापन पत्र ।

इनेप्लिज २०७२ साउन २८ गते १:२५ मा प्रकाशित

Nepali-Yuwa-Samuh-uk_nलन्डन २७ साउन । नेपाली युवा समुह यूके , विभिन्न संघ संस्थाहरु र जातिय संगठनहरुले युवा दिवसको पवन अवसरको उपलक्ष्यमा एनआरएन बेलायतको विवाद लाई अन्त्य गर्न माग गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, र राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका अध्यक्षहरुलाई समेत ईमेल मार्फत ज्ञापन–पत्र बुझाइएको छ ।

एनआरएन बेलायत भित्र पदको बाँँडफाँड, चक्रिय प्रणाली र आर्थिक हिनामिना जस्ता गम्भिर विषयमा अनैतिक र अवैधानिक क्रियाकलाप भईरहदा नेपाली युवा समुह बेलायतले बारम्बार यस विषयमा उठाईरहेको आवाजलाई यस संस्थाका समितिले वेवास्था गदै आईरहदा अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका केन्द्रिय समिति र राष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका अध्यक्षहरुलाई यो ज्ञापन–पत्र बुझाउन बाध्य भएको युवा समुह यूकेका अगुवा रिचड गुरुङले बताए ।

प्रस्तुत ज्ञापन–पत्रका हरफहरु प्रतिलिपि स्वरुप यस प्रकार रहेको छ ।

ज्ञापन — पत्र
श्रीमान् शेष घले, मितिः २७ साउन २०७२
अध्यक्ष,
अन्तर्राष्ट्रिय समन्वय परिषद्,
गैर आवासीय नेपाली संघ (एनआरएनए)
काठमाण्डौ, नेपाल ।
बिषय — एनआरएन बेलायतको विवाद ।

पृष्टभुमी
करिब १८ महिना अगाडी एनआरएन केन्द्रको नीति, विधान र स्वम् एनआरएन बेलायत एनआरएनको विधान अनुसार तत्कालीन अध्यक्ष श्री कुल आर्चायको कार्यसमितीले १५ सेप्टेम्बर २०१३ का दिन एनआरएन बेलायतको पाँचौ महाधिवेशन आयोजना गरेको थियो । एनआरएन केन्द्रबाट खटिनुभएको प्रतिनिधिको उपस्थितीमा भएको अधिवेशनले एनआरएन बेलायतको नयाँ नेतृत्व योगेन्द्र बहादु क्षेत्री र उहाँको कार्यसमितीलाई चयन गरेको थियो । तर आचार्यकै कार्यकालदेखि नै अध्यक्षको दाबेदार रहँदै आउनुभएको तत्कालीन उपाध्यक्ष महेन्द्र कडेलले अध्यक्षका लागि आकांक्षा जाहेर गर्नुभएपछि त्यहाँ विवाद उत्पन्न भयो ।
विवादित विषयलाई निर्वाचनको विधिबाट हल गर्ने विश्वब्यापी रुपमा स्वीकार्दै आईएको लोकतान्त्रिक परिपाटी छ । एनआरएनको विधानले पनि यसलाई स्वीकारेको छ । त्यसै अनुसार महाधिवेशनका सहभागीहरुले निर्वाचनको विधिबाट विवाद हल गर्ने माग गरेका थिए । तर कंडेलले निर्वाचन हार्ने करिब सुनिश्चित भएपछि उहाँले आफ्नो उमेद्वारी निर्वाचन समितीमा दर्ता नै गराउनुभएन ।
निर्वाचनमा हार हुनेदेखेपछि उहाँले महाधिवेशनस्थलभन्दा छुटै स्थानमा आफ्नो सानो समूहका सदस्यहरुलाई बोलाएर समिति घोषणा गर्नुभयो । जो विधान र प्रक्रियाभन्दा विल्कुल विपरित हो । विधानत त्यो कार्यसमिति अवैधानिक भएको स्वत स्पष्ट छ । तर विडम्बना एनआरएन केन्द्रले समेत अहिले अधिवेशन स्थलबाट भागेर निर्माण भएको त्यही समितिलाई वैधानिकता दिईरहनु न्यायोचित कदापी होइन ।
महाधिवेशन स्थलबाट भागेर कंडेलले छुट्टै समिति बनाउनुभएपछि एनआरएन बेलायत दुईृधारमा धु्रविक्रित भएको छ । विवादको अन्त्य गर्न एनआरएन केन्द्रले पनि एक छानविन समिती बनाएको थियो । सो समितिले तत्कालीन कुल आचर्यको समितीले गराएको निर्वाचनबाट बनेको योगेन्द्रबहादुर क्षेत्रीको समितीलाई आधिकारिक्ता दिएको थियो । जुन विधानत छानिएको समिती थियो । तर दुर्भाग्यबस दुई समितिहरु मिलाउने नाममा २९ सेप्टेम्बर २०१४ मा चक्रिय प्रणालीमा एनआरएन चलाउने सहमती गरियो । विधान र प्रक्रियालाई बेबस्ता गर्दै एनआरएनलाई आफ्नो नीजि संगठन ठान्ने सिमित ब्यक्तीहरुको यस्तो प्रवृतिप्रति सम्पुर्ण बेलायतबासी एनआरएनका सदस्यहरुले आपत्ति प्रकट गरिरहेका छन् । एनआरएन प्रेमी हामी नेपालीहरुको भावना र सिङ्गो विधानलाई वेवस्ता गरिएको यस्तो हर्कतप्रति हाम्रो घोर असहमति छ ।
यद्यपी सोहि समितिले २१ फेब्रवरी २०१५ शनिबार युकेको अल्डरसटस्थित कनट स्कुलको सभाहलमा विशेष साधारणसभा बोलाएको थियो । विवादलाई पुर्ण विराम गर्ने अपेक्षा सहित बोलाईएको विशेष साधारण सभा खुल्लासत्र हुदै बन्दसत्रमा पुग्दा राति ११ बजे सम्म पनि टुङ्गो नलागेपछि कार्यक्रम स्थगितको घोषणा गर्न आयोजक कमिटी बाध्य भएका थिए । खुल्लासत्रमा बेलायतका निमित्त कार्यवहाक राजदुत तेजबहादुर क्षेत्री, एनआरएन केन्द्रका महासचिब कुमार पन्त लगायत एनआरएन बेलायतका पूर्व नेतृत्वहरुले विवादको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । अधिकांश एनआरएनका जिम्मेवार बक्ताहरुले एनआरएन बेलायतमा भएका विवादलाई अन्त्य गर्न सकेनौ भने आप्रबासी नेपाली समाज विभाजीतको दिशातिर जाने सम्भावना देखाउदै यसै विशेष साधारण सभा मार्फत एनआरएनको विधानलाई नकुल्ची साधरण सभामा उपस्थित सम्पुर्ण सदस्यहरुको सहिमार्ग , सल्लाह र सुझाबलार्ई मध्यनजर गर्दै विवादको अन्त्य गर्ने प्रतिबदता शुभकामना मन्तव्य व्यतm गरेका थिए ।
बन्धसत्रमा सतप्रतिसत सदस्यहरुले आफ्नो भनाई राख्दै गर्दा १८ महिना अगाडीका पाचौ महाधिबेशनबाट विभाजित हुनुको धेरै सत्यतथ्य कुराहरु खुलासा भएको थियो । समग्रमा, सस्थाको आर्थिक अनीयमिता कुरादेखि, नेतृत्वको तानासाही र निरंकुश प्रबृत्तिको साथै केहि अवसरबादी ब्यक्तिहरुको हालिमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको सिमीत ब्यक्ती र वर्गको पोल्टाभित्र मात्र राखिएको, अझै पनि केहि व्यक्तिले मनपरीतन्त्र चलाउन खोजेको वक्ताहरुको मूलभाव थियो । जसको सहभागीहरुले चर्को विरोध गरको थिए ।
बेलायतमा बसोबास गरेका करिब ३ लाख नेपालीहरु मध्ये ५ सयको हाराहरीमा उपस्थित विशेष साधारणसभा बन्दसत्रमा अचनाक चक्रिय प्रणालीबाट एनआरएन बेलायत अध्यक्षको पद हस्तान्तरण हुन खोज्दा सभामा उपस्थित सतप्रतिसत सदस्यहरुले विरोध गरेका थिए । सभामा नेपाली युवा समुह बेलायतका रिचड गुरुङ्ग, एनआरएनका बेलायतका सल्लाकार मास्टर राष्ट्र राई, कुमारी गुरुङ्ग, धिरज राई, कुमार थापालगायतले विधि विपरितका यस्तो कार्यको चर्को विरोध गर्नुभएको थियो । जसमा हलका अधिकांश सहभागीको साथ थियो ।
विशेष साधारणसभाहल भित्र एनआरएन बेलायतका कार्यसमिती र उपस्थित सदस्यहरु माझ बाद– विवाद सुरु भएपछि एनआरएन बेलायतका अध्यक्ष योगेन्द्र क्षेत्रि,महासचिब योग फगामी र सचिब संगिता मरहठाले संस्थाबाट राजिनामा दिनुभएको छ । साधारणसभाको विवादमा करिब रातको ११ बजे बेलायती प्रहरीले सभाहल हस्तक्षेप गर्दैे सभालाई विथोलि दिएका थिए ।
सभा विथोलिए पछि अधिकांश सदस्य स्थगित भएको भन्दै आ–आफ्नो घरतिर लागे यता कंडेलले भने सभास्थल नजिकैको रेष्टुरेन्टमा केहि घनिष्ठ मित्रहरु लगि आफैँलाई अध्यक्ष घोषित गरे । विडम्बना केन्द्रबाट आएका प्रतिनिधि एनआरएनएका केन्द्रिय महासचिब कुमार पन्तले पनि उनैलाई माला लगाई शुभकामना दिएका थिए । यस्तो स्वेच्छाचारी निर्णयप्रति यूकेबासी नेपालीहरु आन्दोलिन छन् । महेन्द्र कंडेलले पैसाको आँडमा आफूलाई अध्यक्ष पदको लागि स्वीकार गराएको चर्चा चलिरहेको अवश्थामा आफू अध्यक्ष बन्न त्यसबेलादेखि नै षड्यन्त्र रचेका थिए ।
सभामा बृटिश गोर्खाहरूलाई जान नदिन उनले निकायको प्रमुखलाई फोन गरेको फेसबुकलगायतका सामाजिक सञ्जालहरुमा छ्याप्छ्याप्ती आईरहेको देखिन्छ । हामी यस्तो षड्न्त्रकारी कदमको घोर निन्दा एवं भत्सर्ना गर्दै कँडेलको नेतृत्वमा रहेको कार्यसमितिलाई तत्काल अवैधानिक घोषणा गरि अर्को कार्य समिति बनाउन माग गर्दछौँ । केन्द्रले यसबारे आवश्यक कदम चाल्ने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । साथै विषयवस्तुलाई थप स्पष्ट पार्न एनआरएन बेलायतका महत्वपूर्ण व्यक्तिहरुको धारणासमेत यसै ज्ञापन पत्रका साथ पेश गरको छौ ।
सम्पूर्ण बेलायतबासी युवा समुह युकेको तर्फबाट
रिर्चड गुरुङ्ग
अध्यक्ष…………..
माहा प्रसाद राई (एज्म्०
महासचिब,

.योग्रेन्द्र क्षेत्री निवर्तमान अध्यक्ष, एनआरएन बेलायत
एनआरएन युकेमा तत्कालिन अध्यक्ष्य कुल आचार्य तथा तत्कालिन उपाध्यक्ष्य महेन्द्र कंडेलका बीचमा पहिलेदेखि नैं नेतृत्वको बिषयलाई लिएर मतभेद । तत्कालिन अध्यक्ष्य कुल आचार्यले आर्थिक हिनामिना गरेको र निर्वाचन कमिटि पनि धांधलीपुर्ण रहेको भन्दै महेन्द्र कंडेलद्धारा, जीवा लामिछानेको इमेल बमोजिम सात हजार पांचसय सदस्यहरुको फारम र सदस्यता शुल्क गाडीमा राखेर नबुझाई महेन्द्र कंडेलद्धारा निर्वाचन बहिष्कार । एनआरएन युकेको एकताभन्दा पदको बढी महत्व राख्ने हुंदा कंडेलले एनआरएन युके नामको अर्केा समानान्तर संस्था खोली समाज टुक्रयाउने काम गरेका थिए, तर म हजारौं बेलायतबासी नेपाली जनताले पत्याएर विधान बमोजिम भएको साधारण सभाबाट निर्वा्चित अध्यक्ष्य महेन्द्र कंडेल र कुल आचार्यको बीचमा भएको पहिलेदेखिकै मतभेदलाई मेरो नेतृत्व आइसकेपछि मिलाउने भन्दै सेप्टेम्बर २९ को सम्झौता गराउन प्रोफेसर सुवेदीबाट पहल गरेपनि मैले विधान बमोजिम यस्तो सम्झौता गर्न नसक्ने भावना राख्दा पनि कर गरेर, ब्क्ल्याकमेल गरेर सम्झौता मान्न बाध्य पारियो ।
समाज र एनआरएन युकेको एकताको लागि मैंले भद्र सहमति मानेको हुं । तर भद्र सहमति दुवै पक्षबाट अक्षरश पालना हुनुपर्ने शर्त थियो । महेन्द्र कंडेल पक्षबाट त्यसको पालना भएन । उल्टो एनआरएन युकेको एकता खल्बल्याउने खालका समाचारहरु प्रकाशित गर्ने, फेसबुकमा लेख्ने, आफुले आफैलाई अध्यक्ष भन्ने जस्ता कार्यहरु भए । आफुलाई दिइएको काउन्सिल बैठकको संयोजकको भुमिका पुरा नगर्ने र अर्केा संयोजक तोकिएपछि कंडेल पक्षको भेला भन्दै छुट्टै भेला बोलाउने काम कंडेलले गरे । यसका बारेमा अगष्ट महिनामा भएको काउन्सिल बैठकमा अनुशाशन कमिटिका अध्यक्ष प्रोफेसर सुर्य सुवेदीलाई विस्तृत रुपमा बताइएको र सेप्टेम्बर १ तारिखमा लिखित उजुरी दिईएको तर कुनैं छानबीन नभएको । निवर्तमान अध्यक्ष कुल आचार्यले गत कार्यकालको पुर्ण हिसाब नबुझाएको र हिसाब माग्दा उल्टो मलाई नैं भ्रष्टाचारको आरोप लगाइएको । महेन्द्र कंडेललले सदस्यहरुबाट उठाएको ७० हजार पाउण्ड र आफ्नो उम्मेदवारी शुल्क समेत नबुझाएको । यस्ता विवादहरु कायमै रहेका बेला र सेप्टेम्बर २९ को सम्झौता उल्लंघन कंडेल पक्षबाट भएको हुंदा यी विवादहरु साम्य नभै नेतृत्व हस्तान्तरण गर्न नसकिने मेरो भनाइ हो । सेप्टेम्बर २९ को सहमति मान्दिन भनेको होइन ।
बरु सहमति उल्लंघन कंडेल पक्षले गर्दागर्दै उनलाई एनआरएन युकेको नेतृत्व सुम्पन नसकेको हो । सामाजिक काम गर्नका लागि एनआरएन युकेको अध्यक्ष नैं हुनुपर्छ भन्ने छैन र अध्यक्ष पद छाड्न, राजीनामा दिन म कुनैंपनि बेला तयार छु । तर सामाजिक संस्थाका नाममा एनआरएन युकेले विगत कार्यकालमा उठाएको हजारौ पाउण्डको हिसाबकिताब खोई ? महेन्द्र कंडेलले संकलन गरेको सदस्यहरुको रकम र सदस्यता फारम खोई ? म हजारौं बेलायतबासी नेपालीहरुले विश्वास गरेर संघको नेतृत्वमा आएको हुंदा उनीहरुप्रति म जिम्मेवार हुनु पर्छ कि पर्दैन ? मैले संस्थालाई भद्रगोल अवस्थामा छोडेर हिंड्न मेरो नैतिकताले दिंदैन । संस्थाको हिसाबकिताब स्पष्ट रुपमा सार्वजनिक गरिएमा, महेन्द्र कंडेलले आफुले संकलन गरेका सदस्यहरुको नामावली र शुल्क एनआरएन युकेलाई बुझाएमा, उनले आचार संहिता र सेप्टेम्बर २९ का बुंदाहरु उल्लंघन गरेको कुराको छानबीन हुने भएमा वैधानिक हिसाबले साधारण सभाबाट एनआरएन युकेको नेतृत्व सुम्पिन म कुनैंपनि बेला तयार छु । यदि यसो भएन भने सामाजिक संस्थाका नाममा मनपरी पैसा उठाउने, हिसाब किताब नबुझाउने, हजारौं सदस्यहरु छन् भनी नेतृत्वको दाबी गर्ने तर विवरण नबुझाउने गलत परिपाटी बन्न् सक्छ र त्यो अन्य देशका एनआरएन एनसिसिहरुले समेत भोलिका दिनमा फलो गर्न सक्छन् जुन ग्लोबल एनआरएनका लागि समेत घातक हुन सक्दछ ।
योगकुमार फगामी निवर्तमान महासचिव, र संगिता मरहठा निवर्तमानसचिव, एनआरएन बेलायत
बेलायत एनआरएनको विवाद यो कार्य समितिको कारणबाट मात्र सुरु भएको होइन । पूर्वकार्य समितिहरुको नेतृत्वको जुँगाको लडाइँका कारण विवादको विजारोपण भएको थियो । आज आएर संस्था विधानसम्मत ढंगले नचल्दा विवादले झन् ठूलो रुप लिएको छ । केन्द्रको निर्देशन अनुरुप विशेष साधारणसभामा उपस्थित सबैको राय लिएर बहुमतको समर्थनलाई कदर गरेर मात्र नेतृत्व हस्तानतरण गर्ने भन्ने थियो तर उक्त सभामा बहुमत उपस्थित सदस्यहरुले चक्रीय प्रणालीलाई अवैधानिक भनी विरोध गर्दागर्दैं पनि रेष्टुरेन्टमा सिमित व्यक्तिहरु गई पद हस्तान्तरण गर्नु ठूलो भूल गरे। यो अवैधानिक छ । रेष्टुरेन्टमा बनेको अध्यक्षको कुनै अर्थ छैन। एउटा सर्वमान्य साझा संस्थाभित्र सभामा उपस्थित बहुसंख्यकले अवैधानिक कार्य गर्न हुन्न भन्दै चर्को विरोध गर्दागदै पनि जबरजस्ती विधानलाई कुल्चिएर अध्यक्ष घोषणा गर्न खोजेको हुनाले नैतिकताको आधारमा हामी दुवै जनाले सयुक्तरुपमा सचिब र महासचिवको पदबाट राजीनामा दिएका हौ ।

मास्टर राष्ट्र राई सल्लाहकार एनआरएन बेलायत एवं समाजसेवी
एनआरएन युके ३ लाख नेपालीहरुको मूल संस्था हो । यसले बेलायतमा भएका हरेक संघ–संस्था र सम्पूर्ण बेलायतबासी नेपालीहरुको निम्ति एउटा अभिभावकीय भूमिका खेल्दै आएको छ । केहि महत्वकाँक्षीहरुको कारण उद्देश्य भन्दा धेरै फरक ढंगले संस्था चलिरहेका अवस्था पनि देखिन्छ । विधानको कुनै हैक्का छैन, आर्थिक आय–व्यायको कुनै हिसाब–किताब छैन । एक कार्य समितिले अर्को कार्य समितिलाई अगाडिका कार्यकालहरुबाट आर्थिक आयव्याय बुझाईएको पनि देखिन्दैन ।
यस्तो गतिविधी संस्थाका निम्ति दुर्भाग्य निम्त्याउनु हो। बेलायत एनआरएनका निम्ति अवैधानिक अध्यक्ष बनेका कडेलजी ले ७ हजार सदस्यहरुको फारमको सदस्यता शुल्क (१० पाउण्डको दरले) ७० हजार पाउण्ड बुझाउनु पर्नेमा १० हजार पाउण्ड खर्च देखाउँदै जम्मा २० हजार पाउण्ड बुझाएको देखिन्छ । एनआरएन बेलायतभित्र आर्थिक हिसाब डामाढोल छ । एनआरएन युकेका सल्लाकार कमल गुरुङको संयोजकतामा आर्थिक छानविन समिति गठन भएको छ । म पनि सदस्य छु । हामी पूर्वकार्यसमितिदेखिकै आर्थिक छानविन गरिरहेका छौं । कसैले आर्थिक हिसाबको सत्य–तथ्य विवरण बुझाउन सकेन भने हामी कानुनी प्रक्रियामा जाने छौं। बेलायत एनआरएनले बोलाएको बिशेष साधारण सभामा केन्द्रको निर्देशन बमोजिम उपस्थित सदस्यहरुको भावनालाई कदर गरी निर्णय गर्न नखोजिएकोले नैतिकताको आधरमा तत्कालीन अध्यक्ष योगेन्द्र क्षेत्रीजीले राजीनामा दिएका थिए ।
सभामा उपस्थित सतप्रतिसतको विरोधका कारण सभा स्थगित गरेर रेष्टुरेन्टमा गई अध्यक्ष घोषणा गर्नु केन्द्र र केन्द्रीय प्रतिनिधिको ठूलो गल्ति हो । यो पूर्ण रुपमा अवैधानिक छ । यसको कुनै औचित्य रहँदैन । यसको विरोधमा युवा समूह युके र अधिकांश सदस्यहरुले उठाएको विरोधलाई म लगायत सल्लाहकार समितिको बहुमतको समर्थन रहेको छ ।

उतm बन्द सत्रमा एनआरएन बेलायतका अध्यक्ष, महासचिब तथा सचिबको प्रतिबेदन खुलाशा नहुनुका कारण के होला ?
बास्तबमा बन्दसत्रमा उपस्थित सदस्यहरु माझ एनआरएन बेलायतका कार्यसमितीले यी बुदाहरु खुलासा गरि दिएको भए विवाद नहने थियो की ?
(क) एनआरएन बेलायतका योग्रेन्द्र क्षेत्री निवर्तमान अध्यक्षका प्रतिबेदन खुलाशा नहुनुका कारण के होला ?
(ख) एनआरएन बेलायतका महासचिब योग फगामीले बार्षिक प्रतिबेदन नभन्नुको कारण के थियो होला ?
(ग) एनआरएन बेलायतका निवर्तमानसचिव संगिता मरहठाले कार्यक्रमको प्रतिबेदन र आगमी योजनाको कार्यतालिका नराख्नुको कारण?
(घ) कोषध्यक्षको बार्षिक तथा आर्थिक प्रतिबेदन र आगमी कोष संकलनको बारेमा पारादर्शीता नहुनु के कारण थियो होला ?
(ङ) नेतृत्वको पद मौखिकरुपममा हस्तान्तरण गर्न खोज्नुको मुख्य औचित्य आखिर के होला ?
कुनै पनि संस्था भित्र विधि र विधानमा यो चलिआएको भन्दै यो प्रकृया प्रजातन्त्रीक मुलुक अग्रेजको देशमा यस्तो अशाय काम गर्न मिल्छ ?

नेपाली युवा समुह बेलायत
उप संम्हार; एनआरएनए आइसिसिले एनआरएन युके विवादलाई सुल्झाउन उच्चस्तरीय आयोग गठन गरिसकेपछि पनि आयोगको निष्कर्षको कुनैं औचित्य नहुनेजस्ता सार्वजनिक अभिव्यक्तिहरु महेन्द्र कंडेलले दिएका छन् । आयोगको रिपोर्ट नआएसम्म वैधानिक हिसाबले निर्वा्चित योगेन क्षेत्रीलाई नैं एनआरएन युकेको अध्यक्ष भै काम गर्न आइसिसिबाट प्रेस विज्ञप्ति जारी भयो । तर त्यसलाई बेवास्ता गर्दै महेन्द्र कंडेलले आफुखुशी कार्यक्रमहरु जारी राखे जसले एनआरएन युकेको विवादलाई झनैं बढाउने कार्य गर्यो । मैले माथि उल्लेख गरेका बिषयहरुको विस्तृत विवरण अंग्रेजीमा लिखित प्रमाणसहित पेश गरेको छु । एनआरएन युकेमा यस्ता विवादहरु कायमैं रहेका बेला आर्थिक हिनामिनको बिषय झन् चर्केा रुपमा उठिरहेको छ ।
निवर्तमान अध्यक्ष कुल आचार्यले गत कार्यसमितिको आर्थिक हिसाबकिताब अmझै पनि बुझाएका छैनन् । महेन्द्र कंडेलले उठाएको हजारौं पाउण्डको लेखाजोखा कतै देखिएको छैन । एनआरएन युकेको विवाद तथा आर्थिक हिनामीना जस्ता गम्भीर बिषयहरुले गर्दा बेलायतबासी नेपालीहरुको यस संस्थाप्रति नैं विश्वास घट्दै गएको हुंदा यसलाई वैधानिक बाटोबाट समाधान गर्नु अत्यन्त जरुरी देखिन्छ । त्यसैले एनआरएन युकेको साधारणसभा गरी साधारण सभाले चाहे बमोजिम मात्र एनआरएन युकेको नेतृत्व चुन्नका लागि म यहांहरु समक्ष हार्दिक अनुरोध गर्दछु । यदि हामी फेरि पनि विधान विपरीत गयौं भने एनआरएनको विश्वव्यापी गरिमालाई आंच पुग्नेछ । त्यसैले एनआरएन युकेको नेतृत्वको विवादलाई सुल्झाउने अधिकार यहांका हजारौं जनताहरुलाई दिइनुपर्दछ र साधारणसभाबाट जनताले चुनेको व्यक्तिमात्र एनआरएन युकेको नेतृत्वमा आउनुपर्दछ ।
संस्थाको आर्थिक अनीयमिताका कुरादेखि, नेतृत्वको तानासाही र निरंकुश प्रबृत्तिको साथै केहि अवसरबादी ब्यक्तिहरुको हालिमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको साथै सिमीत ब्यक्ती र वर्गको पोल्टाभित्र मात्र राखिएको; अझै पनि केहि व्यक्तिले मनपरीतन्त्र चलाउन खोजेको बेलायत बासिन्दाहरु र नेपाली युवा समुहले बारम्बार आवाज उठाउदै आईरहेका छौ ।
संस्था भित्रका सदस्यहरुको आँखा छलेर स्वेच्छाचारी ढंगले गरिएको यस्तो निर्णयप्रति बेलायतबासी नेपालीहरुले घोर आपती जनाउदै आईरहेका छन् । एनआरएन बेलायत सँस्थाको विधान र मूल्य मान्यता विपरित पदीय बाँडफाँड–चक्रिय प्रणालीमा चलिरहेको छ । यस्तो अवैधानिक र लुछाचुँडिको विरोध गर्दै सँस्थाभित्र भईरहेको विभिन्न नकारात्मक क्रियाकलापहरुको विरुद्घ नेपाली युवा समुह, विभिन्न संघ संस्थाहरु , र जातिय संगठनहरुले बाराम्बार उठाईरहेको आवाजलाई एनाआरएन बेलायत , र एनआरएन केन्द्रले बेवास्ता गर्दै आईरहेको बेलायती जनमानसलाई सर्व विदितै छ ।
एनआरएन बेलायतको यस्तो प्रतिकुल परिस्थितीमा समस्याहरुको समाधान गर्न नसकी, आफनो खल्तिको संस्था जस्तो सैद्धान्तिक मदभेद, गुटबन्दी र जातिय विसमता जस्ता कुराहरुलाई अंगाल्दै अबैधानिकरुपमा मनपरी तन्त्र र अनैतिक ढंगमा नै यो संस्था चलिरहन्छ भने अब नेपाली युवा समुह बेलायतले विभिन्न सामाजिक संघ संस्थाहरु संग समन्वय गरी ज्ञापन – पत्र बुझाएको समय देखि छैटौ अधिबेशनको चुनाब हुने दिन सम्म एनआरएन केन्द्रबाट केहि निर्देशन नआएमा , बेलायतबासी सर्वसाधारण र सिङगो एनआरएन बेलायतबासी सदस्यहरुको मागलाई वेवास्था गरिए वास्तविक र बैधानिक नयाँ एनआरएन बेलायतको स्थापना गर्ने घोषणा गर्दछौ ।

हामी देहाय वमोजिमका व्यतिmहरु र संघ संगठनहरुले यो ज्ञापन – पत्र पस्तुत गरेका छौ ।
१, श्रीप्रसाद लिम्बु अध्यक्ष, आदिवासी जनजाति महासंघ बेलायत ।
२, पदम राई अध्यक्ष, किरात राई यायोक्खा बेलायत ।
३, काजिमान याक्सो लिम्बु अध्यक्ष, याक्थुङ चुम्लुङ बेलायत ।
४, दूत पुन अध्यक्ष, मगर संघ बेलायत ।
५, रामचन्द्र गुरुङ अध्यक्ष, तमुधी युके बेलायत ।
६, राजेन्द्र राई अध्यक्ष, ईलाम सोसाईटी बेलायत ।
७, विजय लिङ्गथेप अध्यक्ष, संखुवा–सभा समाज बेलायत ।
८, धन बहादुर चन्द (रिटायड गोर्खा मेजर) अध्यक्ष, मेडइस्टोन नेपाली समाज ।
९, शंकरमणी नेपाल बुध्दिजीवी
१०,शशि थापा सुव्वा, नेप्लीज ओमेन सोसाईटीका सचिब , नेपाल जनजाती महिला महासंघ केन्द्रिय कार्यकारी सदस्य तथा समाजसेवी ।
११,किराँत राई यायोक्खा कलाकार अध्यक्ष निर पुमा ।

बोद्वाथ;
(क) भाबन भट्ट उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
(ख) टिबी कार्की उपाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
(ग) कुमार पन्त महासचिब, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
(घ) रन्जु वाग्ले थापा सचिब, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
(ङ) बद्रि केसी कोषध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
(च) माना केसी प्रवक्ता , अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ।
छेत्रीय संयोजकहरुः
(१) हिकमत थापा, अफ्रिका संयोजक ।
(२) नवराज गुरुङ्ग, अमेरीका संयोजक ।
(३) गंगाराज राई, एसिया संयोजक ।
(४) अर्जुन श्रेष्ठ, युरोप संयोजक ।
(५) चन्द्र रोक्का, मिडल ईष्ट,

गैर आवासीय संघ (एनआरएनए) सल्लाहकारहरु ः
(१) विश्वकान्त मैनाली, नेपाल ।
(२) तेन्जी शेर्पा, नेपाल ।
(३) कुलचन्द्र गौतम, नेपाल ।
(४) रन्जना उदाश, नेपाल ।
(५) लोक भतm राना, नेपाल ।
(६) सुरज बैध, नेपाल ।
(७) मेजर डम्बर घले, बेलायत ।
(८) डा Þहेमराज शमार्, बेलायत ।
(९) विश्व आर्दश पण्डित, बेलायत ।
(१०)दिपक खड्का, अस्टे«ेलिया ।
(१०) धु्रब सुवेदी, अस्टे«ेलिया ।
(११) रतन झा, अमेरीका ।
(१२) राम खरेल, अमेरीका ।
(१३) पुष्पाराज तिमिल्सीना, स्पेन ।
(१४) नरेन्द्र भट्ट, कतार ।
(१५) डा Þ कुर्जरमणी शर्मा, क्यानाडा ।
(१६) डा Þ मणिराज पोख्रेल, रसिया ।
(१७) धरम केसी , साउदी अरब ।
(१८) युवराज गुरुङ्ग, बेल्जीयम ।
(१९) यमकुमार गुरुङ्ग, हङ्गकङ्ग ।

गैर आवासीय संघका अध्यक्षहरु (एसिया तर्फ )
१, जिवन विश्वकर्मा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ब्रुनाई ।
२, उमा पेरेईरा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) कोम्बोडिया ।
३, सुन्दर थापा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) चाईना ।
४, जोग बहादुर विश्वकर्मा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ईष्ट टिमोर ।
५, दुर्गा गुरुङ्ग अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) हङ्गकङ्ग ।
६, अनिस शाक्य अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ईन्डोनेसिया ।
७, पारसमणि पोख्रेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) जापन ।
८, विनोद कुनवार अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) साउथ कोरिया ।
९, सुन्दरसन थापा मगर अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) मकाउ ।
१०,श्ांकर बहादुर पौडेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) मलेशिया ।
११,सागर घिमिरे अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) म्यानमार ।
१२,सुदरसन खड्का अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) फिलिपिन्स ।
१३,किशोरदेब पन्त अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) सिंगापुर ।
१४,विरेन्द्र बहादुर तार्माकार अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ताईवान ।
१५,खगेन्द्र राज ढकाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) थाईल्याण्ड ।

गैर आवासीय संघका अध्यक्षहरु ( मिडल ईक्ष्ट तर्फ )
१, टंक बस्नेत अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) बहराईन ।
२, लालकाजी गुरुङ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) इराक ।
३, सवास खरेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) इजरायल ।
४, धर्मराज गिरी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) कुवेत ।
५, देविमाया पान्थक लिम्बु अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) लेबनोन ।
६, डिवी क्षेत्री अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ओमन ।
७, माक्सुद अलाम अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) कतार ।
८, नारायण पासवान अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) साउदी अरब ।
९, कृष्ण प्रसाद भुसाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) युनाईटेड अरब इम्रेटस् ।
१०, सुरेश भण्डारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) येमेन ।

गैर आवासीय संघका अध्यक्षहरु ( अफ्रिका तर्फ )
१, डा विन्देश्वर प्रसाद यादव अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) वोटस्वाना ।
२, मोहनलाल ढकाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) कङगो ।
३, डा हरी कृष्ण बास्कोटा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) घाना ।
४, राम चन्द्र बस्याल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) केन्या ।
५, चारु विष्ट अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) लेसोथो ।
६, सुवास मेघि गुरुङ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) लिव्या ।
७, गणेश प्रसाद भण्डारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) मोजाम्विक ।
८, चिरनजिवी रोका अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) नाईजेरिया ।
९, डा पुष्पाराज भण्डारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) साउथ अफ्रिका ।
१०, सुनिल खनाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) साउथ सुडान ।
११, भिमसेन क्षेत्री अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) तान्जानिया ।
१२, रमेश कडेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) युगान्डा ।
१३, विदुर कुमार खनाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) जाम्विया ।
१४, खगेन्द्र जिसी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) अमेरीका ।
१५, अनिल थापा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) क्यानाडा ।
१६, महेन्द्र ओली अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) न्युजीलेण्ड ।
१७, राज बहादर शाहि अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) पापा न्यु गाहनिया ।

गैर आवासीय संघका अध्यक्षहरु ( युरोप तर्फ )
१, डा समिर केसी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) अस्ट्रिया ।
२, डा खगेन्द्र महोत्तो अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) बेलारुस ।
३, प्रम गुरुङ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) बेल्जियम ।
४, गुज्ना बहादुर चोखयाल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) वुलगरिया ।
५, जिवन कुमार श्रेष्ठ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) साईपर्स ।
६, चन्द्र बहादुर अधिकारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) चेक रिप्लिक ।
७, बालकृण श्रेष्ठ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) फिनलेण्ड ।
८, घनश्याम पौडेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) फ्रान्स ।
९, हरेन्द्र वानेम अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) जर्मनी ।
१०, कृष्ण पोख्रेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) ग्रेस ।
११, नारायण प्रसाद भण्डारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) हङगरी ।
१२, गणेश प्रसाई अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) आरलेण्ड ।
१३, सन्जयदेव श्रेष्ठ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) इटाली ।
१४, रमेश तवायाना अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) लक्mबोर्ग ।
१५, कृष्ण राज अधिकारी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) नेदरलेण्ड ।
१६, डा सुरज थापा अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) नरवोय ।
१७, रमेश कुमार गुरुङ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) र्पोचुगल ।
१८, डा बोधाराज सवेदी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) पोल्याण्ड ।
१९, नवराज पोख्रेल अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) रोमानिया ।
२०, डा मधुकृष्ण श्रेष्ठ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) रसिया ।
२१, अश्विन श्रेष्ठ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) सोल्भिनिया ।
२२, एकराज गिरी अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) स्पेन ।
२३, धनबहादुर गुरुङ अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) सुजरलेण्ड ।
२४, प्रेम गौत्तम अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) स्विडेन ।
२५, विरेन्द्र कुमार सिंह अध्यक्ष, गैर आवासीय संघ (एनआरएनए) युक्रेन ।

लगायत ७० वटा देशमा रहेका अध्यक्षहरु, गैर आवासीय संघ (एनआरएनए) सल्लाहकारहरु
साथै छेत्रीय संयोजकहरु गरी जम्मा ९७ व्यतिmत्वहरुलाई बोद्वाथ गरिएको जानकारी गराउदछौं ।

युवा समुह युके

प्रतिक्रिया