बाजुराका एमालेले लासमाथि राजनीति गरे:पाण्डे

इनेप्लिज २०७९ फागुन २१ गते १:३५ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् सांसद बद्री पाण्डेले नेकपा एमाले बाजुराले लास माथि राजनीति गरेकाे आराेप लगाए।

शनिबार राजधानी काठमाडौमा नेपाली कांग्रेस बाजुराले आयाेजना गरेकाे चियापान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उक्त कुरा बताएका हुन्। उनले भने,`निर्वाचनका क्रममा दुई जना युवा सञ्जिव अयडी र चेतन अयडीले ज्यान गुमाउनु पर्याे।यस घटनाप्रति हामी स्तब्ध छाैं। तर एमालेले उनीहरूकाे लासमाथि राजनीति गरे।´उनले आफू हिंसाकाे राजनीति नभई ईमानदारीता र सदाचारितामा रहेर राजनीति गर्ने गरेकाे स्पष्ट पारे।

सांसद पाण्डेले आफू कुखुराकाे चल्लालाई बलि दिएर चुनाव जितिन्छ भनेपनि हिँसा र उत्तेजनाकाे पक्षमा नभएकाे दाबी गरे। उनले बाजुराकाे घटनाबारे अदालतकाे क्षेत्राधिकार भित्रकाे कुरा भएकाले त्यसबाट दाेषीले दाेषकाे भागेदार हुनु पर्ने र निर्दाेषले न्याय पाउनु पर्नेमा जाेड दिदैं एमालेले निर्दाेषहरूलाई फसाउने षड्यन्त्र गरेकाे आराेप लगाए।

बाजुरामा कांग्रेसले पनि चुनाव जित्न सक्ने कुराकाे भाष्य स्थापित भएकाे बताए। उनले चुनाव व्यक्तिले नभई पार्टीले जितेकाे ठाेकुवा गरे।

उनले निर्वाचनका बेला टेक बहादुर सिंह लगायतका व्यक्ति माथि भएकाे हमला व्यक्तिमाथि नभई पार्टी माथिकाे हमला भएकाे बताए। उनले आफू जिल्लाकाे समग्र विकास,समृद्धिका लागि लागि रहने विश्वास व्यक्त गरे।

चियापान समाराेहमा नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावल,पूर्व सभापति मान बहादुर रावल,पूर्व संविधानसभा सदस्य महा नेपाली,महाधिवेशन प्रतिनिधि याेगेन्द्र रावल लगायतले सम्बाेधन गरेका थिए। कार्यक्रमका सहभागीहरूलस्थानीय निर्वाचन,संघ, प्रदेशकाे निर्वाचनका बारेमा जिल्लामारै गएर समीक्षा हुनु पर्ने,संगठन मजबुद बनाउन पर्ने,बाजुरा काठमाडौ सम्पर्क समिति पूनर्गठन गर्नु पर्ने लगायतका विषयहरूमा जाेड दिएका थिए।

प्रतिक्रिया