क्यालिफोर्नियामा बम विस्फोटको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा विस्फोटक पदार्थहरु फेला

इनेप्लिज २०७९ फागुन २० गते २२:१४ मा प्रकाशित

क्यालिफोर्नियाका एक व्यक्तिले दुई प्यासिफिक ग्यास(इन्धन वायु) र बिधुतिय परिवर्तक (इलेक्ट्रिक ट्रान्सफर्मर )विस्फोटको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गरिएको एबिसी समाचारले जनाएको छ ।

प्रहरीका अनुसार उनले आफ्नो घरमा ठूलो मात्रामा विस्फोटक पदार्थ र निष्क्रिय मेथाम्फेटामाइन प्रयोगशाला समेत निर्माण गरेको अधिकारीहरूले बताए ।

सान होजेका ३६ वर्षीय पिटर कारासेभलाई गत बुधबार गिरफ्तार गरिएको थियो । उनले धेरै आरोपहरूको सामना गर्नु परेको छ । उनलाई विनाशकारी उपकरण विस्फोटको दुईवटा गणना, विद्युतीय माध्यम नष्ट गरेको दुईवटा र “ट्रान्सफर्मर बम विष्फोट”सँग सम्बन्धित आगजनीको आरोप लगाईएको सान्टा क्लारा काउन्टी उप जिल्ला न्यायधिवक्ता भिक्टोरिया रोबिन्सनले गत शुक्रबार पत्रकारहरूलाई भने।

घटनाहरू जनवरी र डिसेम्बर २०२२ मा दुई अलग स्थानहरूमा भएको सान होजेका प्रहरीले भने। विष्फोटले पिजिएण्डई परिवर्तक (ट्रान्सफर्मर)मा हजारौंलाई बिजुलीविहीन बनाएको थियो ।

जासूसहरूले अन्तत्वगत्वा सबै कुराहरुको सोध र खोज गर्दै बुधबार उनलाई पक्राउ गर्न सफल भए । उनलाई शुक्रबारको सुनुवाइका क्रममा जमानत नदिई थुनामा राख्न आदेश दिइएको छ । उनी अर्को सुनुवाईको अप्रिल २६ मा अदालतमा उपस्थित हुने कार्यक्रम रहेको एबिसीले जनाएको छ ।

आरोपी कारसेभ एक संस्थाका सफ्टवेयर इन्जिनियर (तन्त्रांश तन्त्रज्ञ)हुन् भनि स्थानीय संचार माध्यम केजीओले समाचारमा लेखेको छ ।

प्रतिक्रिया