लघुकथा-आह्वान

अरुणबहादुर खत्री “नदी” २०७९ फागुन २० गते २१:४५ मा प्रकाशित

दशैँको महाअष्टमीको दिनमा रुपनारायण घरनजिकैको देवीको मन्दिरमा पुग्यो । मन्दिरमा उसँगै बंैंकमा काम गरेको मुकुन्दसँग उसको भेट हुन पुग्यो । मुकुन्दले देबीलाईबली दिन बोका पनि लगेको थियो । रुपनारायणले “काटमार धेरैले गर्न छाडे नि अहिले तपाईले त बोका काट्न मन्दिरमा ल्याउनु भएको रहेछ नि” भन्यो । मुकुन्दले “के गर्ने दशैँमा घरमा मासु चिउरा खाएर नयाँ लुगा लगाएर दशैँ राम्ररी मनाउनै पर्छ” भन्यो ।

“मन्दिरमा बोका ल्याएर बली दिन धेरैले छाडे नि तपाईलाई थाहा छैन” रुपनारायणले भन्यो । “खसी बोका बगाडेहरुले काटेर बेचीरहेका छन् उनीहरुको व्यवसाय त्यही हो” मुकुन्दले भन्यो । “खसी बोका काट्न हामीले छाड्यौ भने तिनीहरुको आयु बढ्ने थियो नि” रुपनारायणले भन्यो ।

“मासु खान छाडेर सबै शुद्ध शाकाहारी बनौ न त” मुकुन्दले भन्यो ।

सामाखुसी मार्ग, ९३५÷५४
मोबाइल ९८४१७९७६६४
काठमाडौं (नेपाल)

प्रतिक्रिया