रवि लामिछानेसंग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, उठाए गम्भीर मुद्दा

इनेप्लिज २०७९ फागुन २० गते १०:४९ मा प्रकाशित

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्रता दिएकागाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे ।

अध्यक्ष गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसंगको भेटमा वंशजको नेपालीनागरिकता निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीको मताधिकार लगायत विषयआफ्ना सांसदहरु मार्फत सदनसम्म पुरयाइदिन लामिछानेलाई आग्रह गरेका थिए ।

गाहामगरले लामिछाने जस्ता युवा र भिजन भएका नेताहरु देशले अपेक्षा गरेको भन्दै राजनीतिक यात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामना दिएको बताए ।

नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीको मुद्दा प्राथमिकताका साथ उठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।


लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धका प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दा तर्फ गम्भीर भएर लाग्ने प्रण गरेको पनि गाहामगरले जनाए ।

गाहामगरले २० वर्षको नेतृत्व दौडान एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा तपाईंले यस्तो सास्ती बेहोर्नु पर्यो भन्ने समेत स्मरण गराएका थिए ।

गाहामगरले सोही पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंलाई पनि भेटेर समसामयिक विषयमा छलफलगरेका थिए ।

प्रतिक्रिया