अमेरिकाको दक्षिणमा हिमपात,चिसो र घुम्रपात( टोर्नाडो)बाट ४ करोड मानिस प्रभावित हुने भएको मौषम सेवाले जनाएको छ ।
पश्चिममा हिउँ परिरहेको बेलामा शक्तिशाली हिमपात दक्षिणतिर आउने भएकोले क्षति पुर्याउने खतरा छ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
अमेरिकाको दक्षिणी मैदानहरू र दक्षिणका केही भागहरूमा लगभग ४० मिलियन( ४ करोड) मानिसहरू गम्भीर घुम्रपातको जोखिममा पर्ने जनाईएको छ ।
मध्य टेक्सस र दक्षिणी ओक्लाहोमामा बिहीबार दिउँसो सुरु हुने र साँझमा पूर्वतिर सर्ने सिएनएनले समाचार प्रकाशित गरेको छ ।
लुजियाना र डलासको पूर्वी उपनगरहरू सहित पूर्वी टेक्सस, उत्तरी लुजियाना,दक्षिणपश्चिमी अर्कान्सास र दक्षिणपूर्वी ओक्लाहोमामा ५ मध्यम खालको ठूलो आँधीको खतरा रहेको छ।
प्रतिक्रिया