फागुपूर्णिमा आउन लागेका बेलामा रामजीले आफ्नी आमासँग भन्यो “आमा यसपाली म फागु खेल्न मेरो स्कूलमा पढ्ने साथी किरणको घरमा जान्छु है ?”
छोराले त्यसो भनेपछि आमाले भनिन् “हामी जस्तो सानो जातिको मान्छे किरणको घरमा जान हुन्छ र ? तँ उसको घर गइस् भने उसका बाबुआमाले तँलाई भित्र छिर्न पनि दिदैनन् ।”
“त्यसो भए म हाम्रै घरमा बसेर तपाई र बहिनीसँग होली खेल्छु नि ? तपाईले मलाई बेलुन, पिच्करी र रंग किन्नको लागि एकसय रुपैयाँ दिनुपर्छ है ?”
“एकसय रुपैयाँले त हामीलाई एकदिनको खान पुग्छ । हामी जस्तो गरीबले पनि होली खेल्न हुन्छ ? पर्दैन बाबु” भावुक हुँदै आमाले भनिन् । आमाको कुरा रामजीले बुझ्यो बुझेन तर ज्ञानी भएर आमाको अनुहारमा हेरिरह्यो ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया