अमेरिकी सँस्थाहरु(एजेन्सीहरू)लाई संघीय उपकरणहरूबाट टिकटक हटाउन ३० दिनको समय छ : व्हाइट हाउस

इनेप्लिज २०७९ फागुन १६ गते २:१६ मा प्रकाशित

अमेरिकी सरकारी सँस्था (एजेन्सी)हरूलाई संघीय उपकरण र प्रणालीहरूबाट टिकटक मेटाउन ३० दिनको समय दिइएको व्हाइट हाउसका एक अधिकारीले सोमबार भने।

टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले चिनियाँ कम्युनिष्ट पार्टीलाई प्रयोगकर्ताको तथ्याँकमा पहुँच दिन सक्ने बढ्दो राष्ट्रिय सुरक्षा चिन्ताको बीचमा गत डिसेम्बरमा संघीय सरकारका उपकरणहरूमा टिकटकलाई कांग्रेसले प्रतिबन्ध लगाएपछि बाइडेन प्रशासनको निर्देशन आएको हो।

रोयटर्सले पहिलो पटक सोमबार सँस्था (एजेन्सी)हरूको लागि व्हाइट हाउसले जारी गरेको समाचार प्रकाशित गरेको थियो ।

केही सांसदहरूले संघीय सरकारका यन्त्रहरूमा टिकटकलाई प्रतिबन्ध लगाउनु मात्र नभई राष्ट्रव्यापी रूपमा सबै यन्त्रहरूमा टिकटकलाई प्रतिबन्ध लगाउन प्रोत्साहित गरेका छन्।

टिकटकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) शाउ जि च्यु यसको उपभोक्ता गोपनीयता र तथ्यांक सुरक्षा अभ्यासहरू, र बालबालिकाहरूमा यसको प्रभावबारे सुनुवाई दिन तयार रहेका छन ।

प्रतिक्रिया