सरकारबाट बाहिरिएयो एमाले

इनेप्लिज २०७९ फागुन १५ गते २३:५४ मा प्रकाशित

काठमाडौं। संघीय सरकारबाट बाहिरिने निर्णय गरेको एमाले प्रदेश सरकारबारे भने मौन बसेको छ। एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय सरकारबारे मात्रै निर्णय लिइएको बताए। प्रदेश सरकारका विषयमा गरिएको प्रश्नमा उनले कुनै निर्णय नभएको बताएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको एमाले दुई महिनामै बाहिरिएको हो।

आफूहरु पुस १० गतेको सहमति अनुसार नै अघि बढ्न खोजेपनि प्रचण्डले कार्यान्वयन गर्न नखोजेपछि समर्थन फिर्ता लिँदै बाहिरिने निर्णय लिएको उनले बताए। पौडेलले भने, ‘हामी चाहन्थ्यौं न्युनतम साझा कार्यक्रम कार्यान्वयन होस्। पुस १० गतेको सहमति अनुसार नै अगाडी बढौं। घटनाक्रम त्यसरी अघि बढेन। राष्ट्रपतिमा जुन सहमति भएको थियो, त्यो कार्यान्वयन गर्नुको सट्टा फरक अभिव्यक्ति र अरु दलहरुसँग सहमति गर्दै राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निष्कर्ष निकालेपछि बाहिरिएको उनले बताए ।

प्रतिक्रिया