राजा ज्ञानेन्द्र, पारस र हिमानी शाहलाई मेरो सुझाव र सल्लाह समयानुकूल चल्नुपर्छ देशभक्ति किन ?

इनेप्लिज २०७९ फागुन १५ गते ०:१२ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहलाई मेरो सुझाव र सल्लाह समयानुकूल चल्नुपर्छ देशभक्ति किन ?

राजा ज्ञानेन्द्र शाह र युवराजधिराज पारस शाह फागुन १ गते झापाको महाअभियानमा मैदानमा आउनु भएपछि पछि सर्नु उचित होईन । राजा ज्ञानेन्द्र शाहले फागुन २४ गते भित्र जसरी भएपनि सत्ता कब्जा गर्नुपर्छ । राजा ज्ञानेन्द्र शाहले तत्काल सैनिक संगठन, जनपद प्रहरी संगठन, सशस्त्र प्रहरी बल सुरक्षाकर्मीहरु र अन्तर्राष्ट्रिय मुलुकका नेताहरूसंग समन्वय गर्नुपर्ने अपरिहार्य छ । मुलुकमा प्रधानमन्त्री, मन्त्रीहरु र शीर्ष नेताहरूले क्षणिक स्वार्थको लागि राजनीतिक गरिरहेका छन । मुलुकमा अस्थिर र क्षणिक स्वार्थको राजनीतिक प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू, शीर्ष नेताहरू, जनताहरु र सुरक्षाकर्मीहरु सबैको लागि घातक हो ।

राजा ज्ञानेन्द्र शाह कता कतै अल्मल भए जस्तो छ ? राजा ज्ञानेन्द्र शाहले कुँवर, मल्ल, थापा, राणाकाल देखि आफनो जिजुबुवा राष्ट्रपिता श्री ५ त्रिभुवन शाह र विक्रम सम्वत २०७९ साल आजसम्मको इतिहासलाई नियालेर र गहिरिएर बुझ्नुपर्ने अपरिहार्य छ । राजा ज्ञानेन्द्र शाहले श्री ५ महेन्द्र शाह मारिए किन ? मदन भण्डारी र जीवराज आस्रित मारिए किन ? श्री ५ बिरेन्द्र शाह वंश हत्याकाण्ड किन ? राजा ज्ञानेन्द्र शाह आफु स्वयं सत्ताच्युत किन ? राजा ज्ञानेन्द्र शाह तत्काल निचोड र निष्कर्षमा पुग्नुपर्ने अपरिहार्य छ ।

राजा ज्ञानेन्द्र शाहले फागुन २४ गते सम्म सत्ता आफ्नो हातमा लिन सक्नु भएन भने राजा ज्ञानेन्द्र शाहको विक्रम सम्वत २०७९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना संदेश अर्थात वक्तव्यमा नेपालको निरन्तर अधोगति प्रति अब हामी मौन रहन सक्दैनौं । यसपछि कसैले पत्याउने छैनन र राजा ज्ञानेन्द्र शाहलाई कसैले पनि टेर्ने छैनन । राजा ज्ञानेन्द्र शाह आफै हल्का बन्नु हुनेछ । यसकारण राजा ज्ञानेन्द्र शाहले फागुन २४ गते भन्दा पहिले साम, दाम, दण्ड र भेद लगायत सबै कुराहरू अपनाउनुपर्ने अपरिहार्य छ ।

हाम्रो मुलुकमा १०% प्रतिशत मात्र वास्तविक जनताहरु छन । मुलुकमा ९०% प्रतिशत पार्टीगत कार्यकर्ताहरु झोलेहरु छन । यथार्थमा पार्टीगत कार्यकर्ताहरु र झोलेहरुले गर्दा मुलुकमा अराजकता, अस्थिरता, विकृति र बेथिति बढेको र मुलुक बिग्रेको हो । यसकारण मुलुक दिन प्रतिदिन आर्थिक संकट, आर्थिक तरलता र अधोगति तर्फ गइरहेकोछ । मुलुकको दलीय प्रधानमन्त्रीहरु, मन्त्रीहरु, शीर्ष नेताहरू, ८८४ जना सांसदहरु र कार्यकर्ताहरु कसैलाई पनि देशभक्ति संग सरोकार छैन र मुलुकमा जेसुकै होस वास्ता छैन तथा यथार्थमा राष्ट्र र राष्ट्रियता संग कुनै सरोकार छैन । प्रधानमन्त्री, मन्त्रीहरु, शीर्ष नेताहरू टाठाबाठा सांसदहरू र टाठाबाठा नेताहरूले पुस्तौं पुस्तौंलाई पुग्ने सम्पत्ति आर्जन गरेका छन यिनीहरूलाई मुलुकको राष्ट्र, राष्ट्रियता र देशभक्ति कुनै सरोकार छैन । यस्तो परिस्थितिमा राजा ज्ञानेन्द्र शाह परिवारहरु मात्र देशभक्त किन ? समयानुकूल राजा ज्ञानेन्द्र शाह परिवार चल्न सक्नुपर्छ । मेरो यथार्थ कुराहरूलाई राजा ज्ञानेन्द्र शाह परिवारले हृदयबाट नै मनन गर्नुपर्ने हुन्छ । समयानुकूल र वर्तमान परिस्थिति अनुसार अब राजा ज्ञानेन्द्र शाह परिवार चल्नुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया