मानबहादुरले आफ्नो छोरा दिनेशसँग भन्यो “बाबु तिमी भविष्यमा धेरै पढेर डाक्टर बन है । तिमी डाक्टर बन्यौ भने बिरामीहरुको उपचार गरेर तिमीले धेरै पैसा कमाउन सक्छौ नि ।”
छोरा दिनेशले “म डाक्टर बन्दिन बुबा म त गाडि चलाउने ड्राइभर बन्छु” भन्यो । “ड्राइभर बन्न तिमीलाई किन रहर लाग्यो छोरा ?” मानबहादुरले सोधे । “म ड्राइभर बने भने मैले ठूला ठूला गाडि चलाएर विभिन्न ठाउँमा घुम्न पाउँछुु नि बुबा” दिनेशले भन्यो । “छोरा तिमी डाक्टर बन्यौ भने पनि आफ्नो निजि गाडि किनेर घुम्न मन लागेको ठाउँमा फुर्सद निकालेर घुम्न जान पाउँछौ नि” मानबहादुरले भने । “म डाक्टर बने भने घुम्न मैले समय निकाल्न सक्दिन नि बुबा राति पनि दिउँसो पनि हस्पिटलमा बिरामीलाई हेर्नु पर्छ नि” छोरा दिनेशले भन्यो ।
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेल [email protected]
प्रतिक्रिया