क्याम्पसमा सँगै पढेको साथी मानप्रसादसँग रत्नपार्कमा मेरो भेट भयो । रत्नपार्कमा भेट भएपछि हामी दुईजना एउटा कफिसपमा पुगेर एकएक कप कफि मगाएर पिउदै गफ गर्न थाल्यौ ।
हामी दुईजना गफ गर्दा एउटा महिलाले सोधिन् “दाईहरु कुन क्याम्पसमा पढ्दाको साथी हो नि ?” “हामीहरु सरस्वती बहुमुखी क्याम्पसमा सँगै पढेका थियौ” मैले भने । ति महिला बहिनीले “म पनि सरस्वती क्याम्पस ठमेलमा आजभन्दा पाँच वर्ष अगाडि डिप्लोमा बढेको हुँ नि” दाई भनिन् । ति महिलाले त्यसो भनेपछि “हामीहरु तिनैजना एउटै क्याम्पसमा पढेका रहेछौं तिनै जनाले पिएको कफिको पैसा बहिनीले तिर्ने कि हामीले तिरौ ?” मैले भने ।
“म नै तिरौला नि दाई ति महिलाले भनिन् । दाईहरुको कुराकानी सुनेर म बोल्न पुग्दा मलाई आज हानी हुन पुग्यो नि उनले मनमनै भनिन् । “अर्को पटक हामी तिनै जना कतै भेट भयौ भने चिया कफिको पैसा हामी तिर्छौ नि बहिनी बहिनीले तिर्नु पर्दैन नि” मैले भने ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
फोन नं. ४९५३५९४
प्रतिक्रिया