दशैं नजिक आइरहेको हुन्छ । रोशनले आफ्नो आमासँग भन्दछ ‘आमा अब दशैं पनि आउन लाग्यो । बुबाले मलाई नयाँ लुगा किन्न बजार लैजानुहुन्छ । बुबा र म बजार गएर दशैंमा मासु खान खसी पनि किनेर ल्याउने ।’
आफ्नो छोराले त्यसो भनेपछि आमाले ‘के गर्ने रोशन यो साल तेरी दिदीको विवाह ठूलो इज्जतसाथ गर्दा धेरै खर्च भयो र ऋण पनि तिर्न बाँकी छ । त्यसैले यसपालीको दशैंमा नयाँ लुगा पनि नकिन्ने । खसी पनि नकिन्ने । बरु मासु पसलमा गएर आफूलाई एकदिन मात्र खानलाई मासु किनेर ल्याएर पकाएर खाने ।’
नयाँ लुगा नकिनेको तिक्तता व्यक्त गर्दै रोशनले भन्यो ‘आमा म यसपालीको दशैंमा टिका लगाउन कतै पनि जान्न’ ।
सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
प्रतिक्रिया