एमाले अध्यक्ष ओलीले खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको उद्घाटन गर्ने

इनेप्लिज २०७९ फागुन ६ गते १६:३१ मा प्रकाशित

विराटनगर,७ मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशनको फागुन ७ गते आइतबार उद्घाटन गर्नु हुनेछ ।

महासङ्घ आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष ओलीले महाधिवेशनको विराटनगर–२ मा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको जनाएको छ।

यसैगरी महाधिवेशनको उपलक्ष्यमा फागुन ७ गते आइतबार हुने विहान हुने ‘केपी ओली रोडरेस(खुल्ला सडक दौड)को प्रथम संस्करण –२०७९ सबै तयारी सम्पन्न भएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिनु भयो ।

शहिद रङ्शाला विराटनगरबाट शुरु हुने रोडरेस हाटखोला, पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोक ,रोडशेषहुँदै महाधिबेशन स्थलमा पुगी सम्पन्न हुनेछ ।
खुला सडक दौड प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुषले जनही नगद रु एक÷एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबड्डी लगायतको खेलहरु प्रदर्शन गरिने महासङ्घ प्रदेश नं १ का ईन्चार्ज सन्तोष बान्तवाले बताउनु भयो ।

विभिन्न जातजातिका संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई (साकेला) नेवारहरुकोे लाखे लगायत सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने छ।

महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसङ्घका प्रतिनिधि, सात प्रदेश र एक उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० जनाको सहभागी हुने जनाईएको छ।

प्रतिक्रिया