एनआरएनए अमेरिकाको कार्यालय भर्जिनियामा सञ्चालन

इनेप्लिज २०७९ फागुन ६ गते २:२२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कार्यालय भर्जिनिया राज्यको फेयर फ्याक्समा रहेको आफ्नै भवनमा सुरु भएको छ । लामो प्रयास पश्चात् गत अक्टोबर २०२२ मा संस्थाले खरिद गरेको भवनमा एक कर्मचारी सहित कार्यालयको सुरुवात गरिएको छ । सम्पूर्ण सदस्यहरूलाई सहज होस् भन्ने उद्देश्यले सचिवालयका कामहरू कार्यालयबाट सम्पन्न गर्न लागेको समेत सबैलाई जानकारी गराउन चाहन्छु । संस्थालाई आजको यस रूपमा पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई गैर आवासीय नेपाली संघ अमेरिकाको तर्फबाट हार्दिक धन्यवाद समेत दिन चाहन्छु ।

कार्यालय सञ्चालन सम्बन्धी विवरण :
कार्यालय सम्पर्क नम्बर :- ५७१-७८९-२६७१
सम्पर्क व्यक्ति:- सुमना दवाडी
सम्पर्क इमेल : [email protected]
कार्यालय ठेगाना:- 10520 Warwick Ave, Fairfax, VA ,22030
कार्यालय खुल्ने समय:- बिहान १०:०० बजे देखी दिउँसो ३:०० बजे सम्म (सोमबार देखी शुक्रवार)

बुद्धि सागर सुवेदी
अध्यक्ष
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका

प्रतिक्रिया